Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

साफ यू- २० च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै नेपाल

४ श्रावण २०८२, शनिबार ०७:३२

काठमाडौँ। बंगलादेशको राजधानी ढाकामा जारी साफ यु–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज शनिबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुने तय भएको छ।

नेपाल र भुटान यसअघि पनि एकपटक भिडिसकेका छन्, जहाँ नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको थियो। उक्त खेलमा पूर्णिमा राईले ४ तथा सेनु परियारले २ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

प्रतियोगिता डबल राउन्ड रोबिन फर्म्याटमा भइरहेको छ, जसअनुसार चार सहभागी राष्ट्रहरूले एकअर्कासँग दुईपटक प्रतिस्पर्धा गर्दै छन्। सबै चरणका खेल सकिएपछि सर्वाधिक अंक हासिल गर्ने टोली च्याम्पियन बन्नेछ।

हालसम्म आयोजक बंगलादेश १२ अंकसहित शीर्ष स्थानमा छ। नेपाल ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। भुटानले ३ अंक बटुलेको छ भने श्रीलङ्का अंकविहीन छ।

नेपालले पछिल्लो दुई खेलमा श्रीलङ्कालाई लगातार ७–० को स्कोरले हराएको थियो। यद्यपि नेपाल बंगलादेशसँगको प्रतिस्पर्धामा ३–२ गोल अन्तरले पराजित हुन पुगेको थियो।

आजै बंगलादेश र श्रीलङ्काबीचको अर्को खेल पनि हुँदैछ। यद्यपि नेपालको गोलअन्तर बंगलादेशभन्दा राम्रो भएकाले सोमबार हुने नेपाल–बंगलादेश खेल प्रतियोगिताको उपाधिका लागि निर्णायक हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्