Trending
हुम्लामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १२ घाइते     |     साफ यू- २० च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै नेपाल     |     आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा     |     आजको लागि विदेशी मुद्राको विनिमय दर     |     सुर्खेतमा हतियारसहित २ युवा पक्राउ     |     एमाले पोलिटव्यूरो बैठक : प्रतिवेदनमाथि छलफल     |     डिशहोम र ल्यानिज हब बीचको सहकार्य — हाई फ्युचर ग्याजेटहरूमा ५०% सम्मको विशेष छुट!     |     भिरबाट लडेर एक युवकको मृत्यु     |     आज विदेशी मुद्राको विनिमय दर कति ?     |     कर्णालीसहित चार प्रदेशनमा अत्यधिक वर्षा हुने     |    
खेलकुद

साफ यू- २० च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै नेपाल

४ श्रावण २०८२, शनिबार ०७:३२

काठमाडौँ। बंगलादेशको राजधानी ढाकामा जारी साफ यु–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज शनिबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुने तय भएको छ।

नेपाल र भुटान यसअघि पनि एकपटक भिडिसकेका छन्, जहाँ नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको थियो। उक्त खेलमा पूर्णिमा राईले ४ तथा सेनु परियारले २ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

प्रतियोगिता डबल राउन्ड रोबिन फर्म्याटमा भइरहेको छ, जसअनुसार चार सहभागी राष्ट्रहरूले एकअर्कासँग दुईपटक प्रतिस्पर्धा गर्दै छन्। सबै चरणका खेल सकिएपछि सर्वाधिक अंक हासिल गर्ने टोली च्याम्पियन बन्नेछ।

हालसम्म आयोजक बंगलादेश १२ अंकसहित शीर्ष स्थानमा छ। नेपाल ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। भुटानले ३ अंक बटुलेको छ भने श्रीलङ्का अंकविहीन छ।

नेपालले पछिल्लो दुई खेलमा श्रीलङ्कालाई लगातार ७–० को स्कोरले हराएको थियो। यद्यपि नेपाल बंगलादेशसँगको प्रतिस्पर्धामा ३–२ गोल अन्तरले पराजित हुन पुगेको थियो।

आजै बंगलादेश र श्रीलङ्काबीचको अर्को खेल पनि हुँदैछ। यद्यपि नेपालको गोलअन्तर बंगलादेशभन्दा राम्रो भएकाले सोमबार हुने नेपाल–बंगलादेश खेल प्रतियोगिताको उपाधिका लागि निर्णायक हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्