Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

हुम्लामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १२ घाइते

४ श्रावण २०८२, शनिबार ०७:५०

हुम्ला। सिमकोट गाउँपालिका–१ बैजिवाडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। चुवाखोलाको लेखमा बनलसुन संकलन गरेर घर फर्किंदै गरेका मजदुर सवार ट्याक्टर करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।

कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बरको ट्याक्टरमा १५ जना सवार थिए। दुर्घटनामा परेर खार्पुनाथ गाउँपालिका–३ रायाका २० वर्षीय मिलन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

दुर्घटनामा परेर खार्पुनाथ–३ का लक्ष्मीकला रावल, नवराज रावल, सुसिला रावल, पानकला छत्याल, बाली रावल, हर्कसिंह रावल, ज्ञानेन्द्र छत्याल, नैनबहादुर छत्याल, नानी जेठारा, सिमकोट–८ स्याडाका पलसा बुढा, तुलराज बुढा, सपना रावल र सिमकोट–२ का कुमेर भण्डारी घाइते भएका छन्।

घटनापछि प्रहरी प्रमुख डीएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्दार गरेका थिए। घाइतेहरूको सिमकोटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार, दुईजनाको अवस्था गम्भीर रहेको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार अत्यधिक भार र जोखिमपूर्ण सडक अवस्थाका कारण ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्