Trending
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |    
समाचार

हुम्लामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १२ घाइते

४ श्रावण २०८२, शनिबार ०७:५०

हुम्ला। सिमकोट गाउँपालिका–१ बैजिवाडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। चुवाखोलाको लेखमा बनलसुन संकलन गरेर घर फर्किंदै गरेका मजदुर सवार ट्याक्टर करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।

कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बरको ट्याक्टरमा १५ जना सवार थिए। दुर्घटनामा परेर खार्पुनाथ गाउँपालिका–३ रायाका २० वर्षीय मिलन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

दुर्घटनामा परेर खार्पुनाथ–३ का लक्ष्मीकला रावल, नवराज रावल, सुसिला रावल, पानकला छत्याल, बाली रावल, हर्कसिंह रावल, ज्ञानेन्द्र छत्याल, नैनबहादुर छत्याल, नानी जेठारा, सिमकोट–८ स्याडाका पलसा बुढा, तुलराज बुढा, सपना रावल र सिमकोट–२ का कुमेर भण्डारी घाइते भएका छन्।

घटनापछि प्रहरी प्रमुख डीएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्दार गरेका थिए। घाइतेहरूको सिमकोटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार, दुईजनाको अवस्था गम्भीर रहेको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार अत्यधिक भार र जोखिमपूर्ण सडक अवस्थाका कारण ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्