Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

आजदेखि दिदीबहिनी अर्गानिक स्टोर सञ्चालनमा

४ श्रावण २०८२, शनिबार २०:५०

काठमाडौं। नेपाली ग्रामीण जीवनशैली, मौलिकता र स्वाभाविक उत्पादनको संरक्षण गर्दै त्यसलाई विश्व बजारसम्म पु-याउने उद्देश्यसहित कल्पना चापागाईंको आज बाट ‘दिदीबहिनी अर्गानिक स्टोर’ सुरु भएको छ ।

विदेशिएका श्रीमानका श्रीमतीलाई आत्मनिर्भर बनाउने उद्देश्य हो। चापागाईंको अनुसार, उनका धेरैजसो लक्षित लाभग्राहीहरू ती महिला हुन्, जसका श्रीमान रोजगारीका लागि विदेश गएका छन्। “हामीले महिलालाई दोष होइन, अवसर दिनुपर्छ भन्ने सन्देश दिन खोजेका हौं। उनीहरूलाई गाउँमै बस्दै आम्दानी गर्न सक्ने बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो,” उनले भनिन्।

‘दिदीबहिनी अर्गानिक स्टार’ ले हालसम्म सयौं प्रकारका अर्गानिक वस्तुहरूको संकलन र बजारिकरण गरिसकेको छ। यी उत्पादनहरूमा विशेषगरी हिमाली तथा पहाडी जिल्लाहरू जस्तै — हुम्ला, जुम्ला, डोल्पा, मुगु, मुस्ताङ, रुकुम लगायतका क्षेत्रमा पाइने सिलाजित, यार्सागुम्बा, जडीबुटी, अर्गानिक नुन, घ्यू, मह, तोरीको तेल, सुकुटी, फलफूल, तरकारी र अर्गानिक सौन्दर्य सामग्रीहरू समावेश छन्।

यी सबै उत्पादन स्थानीय समुदायले नै उत्पादन गरेका हुन्, जसलाई वैज्ञानिक विधिमा प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी बजारमा पुर्याइन्छ। चापागाईंको भनाइमा, “हामी केवल उत्पादन मात्र होइन, उत्पादनसँग जोडिएको संस्कार र समुदायको जीवनशैलीलाई पनि विश्वसामु चिनाउने कोसिस गरिरहेका छौं।”

“हामी अब केवल नेपाली बजारमा सिमित छैनौं, हाम्रो लक्ष्य विश्व बजार हो। नेपाली उत्पादनले अन्तर्राष्ट्रिय उपभोक्ताको मन जित्न सक्ने क्षमता छ,” चापागाईं बताउँछिन्।

प्रतिक्रिया दिनुहोस्