Trending
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |    
समाचार

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

६ श्रावण २०८२, सोमबार ०७:३२

सुर्खेत। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्यसहित अभियान सुरु गरेको छ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले संकलन गरेको पछिल्लो विवरणअनुसार हाल १० जिल्लामा ५० वटा तुइन रहेको तथ्यांक प्राप्त भएको छ।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीका अनुसार, प्रदेशका १० मध्ये सात जिल्लाबाट प्राप्त विवरणमा सबैभन्दा धेरै तुइन हुम्ला जिल्लामा छन्। हुम्लामा मात्र १५ तुइन रहेको र तीमध्ये ६ वटा तुइन कर्णाली नदीमाथि रहेको उल्लेख गरिएको छ।

त्यस्तै, कालीकोट र जाजरकोटमा १२–१२ वटा, सुर्खेतमा ८ वटा, डोल्पामा ३ वटा, मुगु र दैलेखमा २–२ वटा तुइन रहेका छन्। भने, जुम्ला, दैलेख र पश्चिम रुकुमबाट भने विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

तुइन विस्थापन गर्दै स्थानीयवासीलाई सुरक्षित आवत–जावतको सुविधा दिनका लागि झोलुङ्गे पुल निर्माण प्राथमिकतामा राखिएको छ। मन्त्रालयले चालु आर्थिक वर्षमा यसका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रवक्ता सुवेदीले जानकारी दिए।

सरकारको नीति तथा कार्यक्रममा कर्णालीलाई तुइनमुक्त बनाउने योजना समेटिएको छ, जसअनुसार आगामी महिनाहरूमा डिजाइन, ठेक्का प्रक्रिया र निर्माण कार्य अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्