Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

६ श्रावण २०८२, सोमबार ०७:३२

सुर्खेत। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्यसहित अभियान सुरु गरेको छ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले संकलन गरेको पछिल्लो विवरणअनुसार हाल १० जिल्लामा ५० वटा तुइन रहेको तथ्यांक प्राप्त भएको छ।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीका अनुसार, प्रदेशका १० मध्ये सात जिल्लाबाट प्राप्त विवरणमा सबैभन्दा धेरै तुइन हुम्ला जिल्लामा छन्। हुम्लामा मात्र १५ तुइन रहेको र तीमध्ये ६ वटा तुइन कर्णाली नदीमाथि रहेको उल्लेख गरिएको छ।

त्यस्तै, कालीकोट र जाजरकोटमा १२–१२ वटा, सुर्खेतमा ८ वटा, डोल्पामा ३ वटा, मुगु र दैलेखमा २–२ वटा तुइन रहेका छन्। भने, जुम्ला, दैलेख र पश्चिम रुकुमबाट भने विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

तुइन विस्थापन गर्दै स्थानीयवासीलाई सुरक्षित आवत–जावतको सुविधा दिनका लागि झोलुङ्गे पुल निर्माण प्राथमिकतामा राखिएको छ। मन्त्रालयले चालु आर्थिक वर्षमा यसका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रवक्ता सुवेदीले जानकारी दिए।

सरकारको नीति तथा कार्यक्रममा कर्णालीलाई तुइनमुक्त बनाउने योजना समेटिएको छ, जसअनुसार आगामी महिनाहरूमा डिजाइन, ठेक्का प्रक्रिया र निर्माण कार्य अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्