Trending
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |    
खेलकुद

साफ यू-२० महिला च्याम्पियनसिपका लागि आज नेपाल र बंगलादेश भिड्दै

६ श्रावण २०८२, सोमबार ०८:५६

काठमाडौं। साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज नेपाल र बंगलादेशबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुने खेल साँझ ६:४५ बजे सुरु हुनेछ।

प्रतियोगिताको यो खेल अंकतालिकाको हिसाबले अघोषित फाइनलको रूपमा हेरिएको छ। हालसम्म अपराजित रहेको बंगलादेश १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १२ अंकसहित दोस्रो स्थानमा छ। नेपाललाई उपाधि जित्नका लागि आजको खेल अनिवार्य जित्नैपर्ने छ।

नेपाली टोलीले प्रतियोगितामा शानदार प्रदर्शन गर्दै भुटान र श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरे पनि बंगलादेशसँगको पहिलो खेलमा ३-२ को हार व्यहोर्नु परेको थियो।

हालसम्म बंगलादेशले ५ खेलमा २४ गोल गरेका छन् भने नेपालले ३० गोल गरेका छन्। दुवै टोलीले समान ४ गोल खाएका छन्। यदि नेपालले आजको खेल जितेर बंगलादेशसँग अंक बराबरी गर्छ भने उपाधिको टुंगो गोल अन्तरबाट लाग्नेछ।

आजको खेलमा दबाबसहित मैदानमा उत्रिने नेपाली महिला टोलीका लागि यो उपाधि जित्ने अवसर मात्रै नभई विगतको हारको बदला लिने मौका पनि हुनेछ।

प्रतिक्रिया दिनुहोस्