Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
खेलकुद

साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई

६ श्रावण २०८२, सोमबार २२:०४

काठमाडौँ। बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यू-२० महिला फुटबल च्याम्पियनसिपको अन्तिम खेलमा नेपाललाई ४-० ले पराजित गर्दै बंगलादेशले उपाधि उचालेको छ।

अन्तिम खेलमा जित निकाल्नै पर्ने अवस्थामा रहेको नेपालले घरेलु टोलीको उत्कृष्ट प्रदर्शनको सामना गर्न सकेन। बंगलादेशलाई उपाधिका लागि बराबरी नै पर्याप्त थियो। तर उनीहरूले नेपालविरुद्ध एकतर्फी जित निकाल्दै उपाधि सुनिश्चित गरे।

खेलमा बंगलादेशकी मोसम्मत सागरिकाले चार गोल गर्दै नेपालमाथि दबदबा कायम राखिन्। उनी यसअघि नेपालविरुद्धकै पहिलो खेलमा रातो कार्ड खाएर तीन खेलको प्रतिबन्धमा परेकी थिइन्। प्रतिबन्ध पूरा गरी फर्केकी सागरिकाले ८औं मिनेटमै पहिलो गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्।

दोस्रो हाफमा उनले थप तीन गोल गर्दै ह्याट्रिक पूरा मात्र गरिनन्, ७८औं मिनेटमा चौथो गोल गर्दै व्यक्तिगत चार गोल पूरा गरिन्। यसअघिका खेलहरूमा नेपालले श्रीलंका र भुटानमाथि सानदार जित निकाले पनि निर्णायक खेलमा भने सागरिकाको प्रदर्शन सामु निरीह देखियो।

नेपाल उपविजेतामा सीमित रहँदा बंगलादेशले घरेलु मैदानमा उपाधि जित्दै पुनः आफ्नो दबदबा कायम राख्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्