Trending
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |    
खेलकुद

साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई

६ श्रावण २०८२, सोमबार २२:०४

काठमाडौँ। बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यू-२० महिला फुटबल च्याम्पियनसिपको अन्तिम खेलमा नेपाललाई ४-० ले पराजित गर्दै बंगलादेशले उपाधि उचालेको छ।

अन्तिम खेलमा जित निकाल्नै पर्ने अवस्थामा रहेको नेपालले घरेलु टोलीको उत्कृष्ट प्रदर्शनको सामना गर्न सकेन। बंगलादेशलाई उपाधिका लागि बराबरी नै पर्याप्त थियो। तर उनीहरूले नेपालविरुद्ध एकतर्फी जित निकाल्दै उपाधि सुनिश्चित गरे।

खेलमा बंगलादेशकी मोसम्मत सागरिकाले चार गोल गर्दै नेपालमाथि दबदबा कायम राखिन्। उनी यसअघि नेपालविरुद्धकै पहिलो खेलमा रातो कार्ड खाएर तीन खेलको प्रतिबन्धमा परेकी थिइन्। प्रतिबन्ध पूरा गरी फर्केकी सागरिकाले ८औं मिनेटमै पहिलो गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्।

दोस्रो हाफमा उनले थप तीन गोल गर्दै ह्याट्रिक पूरा मात्र गरिनन्, ७८औं मिनेटमा चौथो गोल गर्दै व्यक्तिगत चार गोल पूरा गरिन्। यसअघिका खेलहरूमा नेपालले श्रीलंका र भुटानमाथि सानदार जित निकाले पनि निर्णायक खेलमा भने सागरिकाको प्रदर्शन सामु निरीह देखियो।

नेपाल उपविजेतामा सीमित रहँदा बंगलादेशले घरेलु मैदानमा उपाधि जित्दै पुनः आफ्नो दबदबा कायम राख्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्