Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

एमाले केन्द्रीय बैठकमा विधान संशोधन र संगठन प्रस्तावमा बहस

६ श्रावण २०८२, सोमबार २२:०८

काठमाडौं। नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठक आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सम्पन्न भएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विधान संशोधन र संगठन सुदृढीकरणबारे गम्भीर बहस भएको छ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदनमाथि ४९ जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गण्डकी, मधेस, उपत्यका विशेष प्रदेश तथा सम्पर्क समन्वय कमिटीका सदस्यहरू विशेष रूपमा सक्रिय रहेका छन्।

धेरैजसो नेताहरूले पार्टी सचिवालय तथा पोलिटब्युरोको सर्वसम्मत सिफारिसमा आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन्। साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको विषयले पनि बैठकमा प्रवेश पाएको गौतमले जानकारी दिएका छन्।

बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेट समय दिइएको थियो भने बहसपछि संक्षेप लेखनका लागि सूर्य थापा संयोजक रहेको कमिटी गठन गरिएको छ, जसमा विष्णु रिजाल र निरज आचार्य पनि सदस्य रहेका छन्।

केन्द्रीय कमिटीको बैठक मंगलबार बिहान ११ बजे पुनः बस्नेछ।

प्रतिक्रिया दिनुहोस्