Trending
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |    
समाचार

पदम गिरीको दाबी : “मिसन ०८४” सफल बनाउन ओलीको निरन्तर नेतृत्व अपरिहार्य

६ श्रावण २०८२, सोमबार २१:०९

काठमाडौं। नेकपा (एमाले) का केन्द्रीय सदस्य पदम गिरीले आगामी निर्वाचनको ‘मिसन ०८४’ सफल बनाउन अध्यक्ष केपी शर्मा ओलीको निरन्तर नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।

सोमबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै गिरीले पार्टीको अस्तित्व जोगाउन ओलीको योगदान निर्णायक रहेको बताए। उनले भने, “केपी ओलीले संकटपूर्ण अवस्थामा पार्टीलाई अघि बढाउनुभयो, र २०७९ को निर्वाचनमा महागठबन्धनको चुनौतीबीच पनि एमाले लोकप्रिय मतका आधारमा पहिलो दल बन्न सफल भयो।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतासम्बन्धी उठेको बहसबारे बोल्दै गिरीले पार्टी सदस्यता नवीकरणको विषय केवल प्राविधिक नभई राजनीतिक महत्वको रहेको बताए।

उनको भनाइले ओली नेतृत्वबारे भित्रभित्रै चलिरहेको बहसबीच समर्थनको स्वर थपिएको छ।

 

प्रतिक्रिया दिनुहोस्