Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

पदम गिरीको दाबी : “मिसन ०८४” सफल बनाउन ओलीको निरन्तर नेतृत्व अपरिहार्य

६ श्रावण २०८२, सोमबार २१:०९

काठमाडौं। नेकपा (एमाले) का केन्द्रीय सदस्य पदम गिरीले आगामी निर्वाचनको ‘मिसन ०८४’ सफल बनाउन अध्यक्ष केपी शर्मा ओलीको निरन्तर नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।

सोमबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै गिरीले पार्टीको अस्तित्व जोगाउन ओलीको योगदान निर्णायक रहेको बताए। उनले भने, “केपी ओलीले संकटपूर्ण अवस्थामा पार्टीलाई अघि बढाउनुभयो, र २०७९ को निर्वाचनमा महागठबन्धनको चुनौतीबीच पनि एमाले लोकप्रिय मतका आधारमा पहिलो दल बन्न सफल भयो।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतासम्बन्धी उठेको बहसबारे बोल्दै गिरीले पार्टी सदस्यता नवीकरणको विषय केवल प्राविधिक नभई राजनीतिक महत्वको रहेको बताए।

उनको भनाइले ओली नेतृत्वबारे भित्रभित्रै चलिरहेको बहसबीच समर्थनको स्वर थपिएको छ।

 

प्रतिक्रिया दिनुहोस्