Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बराहतालमा नेपाल टेलिकमको टावर अनियमित

७ श्रावण २०८२, मंगलवार १२:०४

सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिका–८ स्थित बरडाँडामा निर्माण गरिएको नेपाल टेलिकमको टावर अनियमित रूपमा सञ्चालन हुँदा स्थानीयवासी दैनिक सञ्चार सेवाबाट बञ्चित हुन थालेका छन्।

बराहताल गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ का सेवाग्राहीलाई लक्षित गर्दै निर्माण गरिएको फोरजी टावर नियमित नचल्दा टेलिकमप्रति स्थानीयको गुनासो बढ्दै गएको छ।

स्थानीयवासीहरूले आफ्नो हस्ताक्षरसहित टेलिकम कर्णाली प्रदेश निर्देशनालयमा प्रतिनिधि पठाएर समस्या समाधानको माग गरेका छन्।

स्थानीय लक्ष्मण थापाका अनुसार, सुरुमा नियमित सेवा दिइरहेकाले सहज सञ्चार सम्भव थियो। तर पछिल्लो समय बिहान १० बजेपछि मात्रै टावर सन्चालनमा आउँछ भने बेलुका चार बजेदेखि सेवा बन्द हुने गरेको छ।

‘हामी अत्यावश्यक समयमा समेत सञ्चार गर्न सक्दैनौं,’ थापाले भने, ‘टावर नचलेको समयमा विपद्का घटना भए पनि खबर गर्न सक्दैनौं।’

सोलार प्रविधिबाट सञ्चालनमा रहेको टावरको ब्याट्री प्रणाली बिग्रँदा समस्या देखिएको स्थानीय दिलिप कठायतले बताए। उनका अनुसार, बर्खा र हिउँदको समयमा विशेष रूपमा समस्या बढ्ने गरेको छ।

टेलिकम प्रदेश निर्देशनालयका उपनिर्देशक मधुसुदन दाहालले टावरको समस्याबारे जानकारी दिँदै भने, ‘दुई साताभित्रमा सोलार ब्याट्री परिवर्तन गरेर टावर नियमित सञ्चालनमा ल्याउने प्रयास हुनेछ।’

उनका अनुसार, सुरुमा ट्राफिक कम हुँदा सेवा सहज थियो, तर प्रयोगकर्ताको संख्या बढेपछि ब्याट्री चाँडै सकिने भएकाले सेवा नियमित हुन सकेको छैन।

दाहालले तत्कालका लागि ब्याट्री वा सोलार प्रणाली सुधार गरी सेवा समय बढाउने प्रयास गरिने बताए। साथै, दीर्घकालीन समाधानका लागि विद्युत् जडान गर्नु नै आवश्यक रहेको उनको भनाइ छ।

स्थानीयवासीले समयमै आवश्यक मर्मतसम्भार गरी सञ्चार सेवा सुचारु गरिदिन टेलिकमसँग पुनः माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्