Trending
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |    
समाचार

कालीकोटमा बालविवाह विरुद्ध समिति गठन

७ श्रावण २०८२, मंगलवार २२:१९

कालीकोट। बाल अधिकार संरक्षण र बालविवाह न्यूनीकरणका उद्देश्यसहित कालीकोटमा नयाँ समिति गठन गरिएको छ।

बालविवाह विरुद्ध साझा अभियान नामक सञ्जालको जिल्लास्तरीय शाखा मानवअधिकारकर्मी कालीबहादुर मल्लको नेतृत्वमा गठन गरिएको हो।

नवगठित समितिमा उपाध्यक्ष राजेन्द्र सहकारी, सचिव नमराज योगी, सहसचिव नेत्रबहादुर शाही र कोषाध्यक्ष निस्ताकुमारी कार्की चयन भएका छन्। त्यस्तै, पार्वती चौलागाईं, ललित विष्ट, डिल्लीप्रसाद चौलागाईं, दिलु बम, निदरा सुनार र रमेश सुनार सदस्यका रूपमा रहेका छन्।

पूर्वअध्यक्ष खडानन्द अधिकारीका अनुसार कर्णाली प्रदेशका सबै १० जिल्लामा यस्ता समितिहरू गठन गरिएका छन्। ती समितिहरूले बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम, अन्तक्रिया, सडक नाटक तथा निगरानी अभियान सञ्चालन गर्दै आएका छन्।

स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गर्दै बालमैत्री वातावरण निर्माण गर्ने लक्ष्य लिएको उक्त सञ्जालले आगामी दिनमा विद्यालयस्तरमै सचेतना विस्तार गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्