Trending
सांसद किरण साहको सांसद पद खारेजी र मत फिर्ताको माग गर्दै निवेदन आएपछि के गर्छ…     |     ‘दृश्यमा नेपाल : कोशी प्रदेश शृङ्खला–१’ मा युवा पत्रकार नमराज आचार्य सम्मानित     |     एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा कोशी प्रदेश शृङ्खला १ विमोचन कार्यक्रम सम्पन्न     |     आइओइ महासचिव सान्तोस र महासंघका अध्यक्ष पदाधिकारीबीच भेटवार्ता     |     आज देशभर बदली हुने पूर्वानुमान     |     आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अब ‘क्यूआर कोड’बाट पचाल झरनाको सम्पूर्ण जानकारी मोबाइलमै     |     बाजुरा दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार     |     चलचित्र ‘रियाल रिङ्गेट’को प्रचार अभियान कलेज कलेजमा     |     प्रभु साहको प्रश्न, ‘नेपालको भूभागको असली वारिस आदीबासी जनजाती हो कि क्षेत्री बाहुन हो ?’     |    
समाचार

आज देशभर बदली हुने पूर्वानुमान

१० श्रावण २०८२, शुक्रबार ०७:१७

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्