Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

रास्वपाको पत्रकार सम्मेलन : चीन गएको उपलब्धि पनि सुनाउने

११ आश्विन २०८१, शुक्रबार ०९:०५

११ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार विहान ११ः३० बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

चीन नेपाल सम्बन्ध, उपलब्धि, चीनले नेपालका पार्टी र रास्वपालाई हेर्ने नजरबारे सम्मेलनमा जानकारी दिने रास्वपाको तयारी छ । यस्तै, भ्रमणका बेलामा भएको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको रास्वपा नेता गणेश पराजुलीको भनाइ छ।

दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।पत्रकार सम्मेलनमा चिन भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने जनाइएको छ ।

सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि लामिछानेलाई पनि सरकारले पक्राउ गर्न थालेको समाचार बाहिरिएपछि रास्वपा तरंगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्