Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

लहानमा स्रोत नखुलेको १० लाखभन्दा बढी नगदसहित भारतीय नागरिक पक्राउ

११ श्रावण २०८२, शनिबार १४:१५

सिरहा। सिरहाको लहान–३ स्थित अस्पताल चोकमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख १ हजार ६९५ रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति भारतको मधुवनी जिल्लाको लौकाहा बजार निवासी २४ वर्षीय राहुल कुमार रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिएका छन्।

उनका अनुसार शुक्रबार बिहान करिब ९ः३० बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले इनरुवाबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा उक्त रकमसहित राहुललाई नियन्त्रणमा लिएको हो।

नगद रकमको वैधानिक स्रोत नदेखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका कुमारलाई बरामद नगदसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको उपरीक्षक भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्