Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

लहानमा स्रोत नखुलेको १० लाखभन्दा बढी नगदसहित भारतीय नागरिक पक्राउ

११ श्रावण २०८२, शनिबार १४:१५

सिरहा। सिरहाको लहान–३ स्थित अस्पताल चोकमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख १ हजार ६९५ रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति भारतको मधुवनी जिल्लाको लौकाहा बजार निवासी २४ वर्षीय राहुल कुमार रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिएका छन्।

उनका अनुसार शुक्रबार बिहान करिब ९ः३० बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले इनरुवाबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा उक्त रकमसहित राहुललाई नियन्त्रणमा लिएको हो।

नगद रकमको वैधानिक स्रोत नदेखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका कुमारलाई बरामद नगदसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको उपरीक्षक भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्