Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कांग्रेस नेता तथा गण्डकीका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

११ श्रावण २०८२, शनिबार १४:२९

पोखरा। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। उनको शनिबार बिहान ८ बजे भरतपुरस्थित आफ्नै निवासमा निधन भएको हो।

गुरुङ लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए। ७६ वर्षीय गुरुङको निधनले नेपाली कांग्रेसले एक अनुभवी र समर्पित नेतालाई गुमाएको छ।

विसं २००६ सालमा कास्कीको माछापुच्छ्रे गाउँपालिका, ल्वाङघलेलमा जन्मिएका गुरुङ पछि चितवन बसाइँ सरेका थिए। उनी नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत थिए।

गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। उनले नवलपरासीको भूमि आयोगको अध्यक्षका रूपमा पनि कार्यभार सम्हालेका थिए। कांग्रेस विभाजनको बेला उनी प्रजातान्त्रिक कांग्रेसका जिल्ला सभापति रहेका थिए।

राजनीतिक जीवनको सुरुवातदेखि नै सक्रिय रहेका गुरुङ २०४६ सालको जनआन्दोलनमा परिचालन समितिका सदस्यसमेत थिए। उनले कांग्रेसका विभिन्न तह र जिम्मेवारीमा रहेर योगदान दिएका थिए।

गुरुङका दुई छोरामध्ये जेठो छोराको केही वर्षअघि निधन भइसकेको छ। उनकी श्रीमती र कान्छा छोरा छन्। छोरा विदेशमै रहेकाले उनको अन्त्येष्टि आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्