Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

कांग्रेस नेता तथा गण्डकीका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

११ श्रावण २०८२, शनिबार १४:२९

पोखरा। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। उनको शनिबार बिहान ८ बजे भरतपुरस्थित आफ्नै निवासमा निधन भएको हो।

गुरुङ लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए। ७६ वर्षीय गुरुङको निधनले नेपाली कांग्रेसले एक अनुभवी र समर्पित नेतालाई गुमाएको छ।

विसं २००६ सालमा कास्कीको माछापुच्छ्रे गाउँपालिका, ल्वाङघलेलमा जन्मिएका गुरुङ पछि चितवन बसाइँ सरेका थिए। उनी नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत थिए।

गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। उनले नवलपरासीको भूमि आयोगको अध्यक्षका रूपमा पनि कार्यभार सम्हालेका थिए। कांग्रेस विभाजनको बेला उनी प्रजातान्त्रिक कांग्रेसका जिल्ला सभापति रहेका थिए।

राजनीतिक जीवनको सुरुवातदेखि नै सक्रिय रहेका गुरुङ २०४६ सालको जनआन्दोलनमा परिचालन समितिका सदस्यसमेत थिए। उनले कांग्रेसका विभिन्न तह र जिम्मेवारीमा रहेर योगदान दिएका थिए।

गुरुङका दुई छोरामध्ये जेठो छोराको केही वर्षअघि निधन भइसकेको छ। उनकी श्रीमती र कान्छा छोरा छन्। छोरा विदेशमै रहेकाले उनको अन्त्येष्टि आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्