Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

देशका ठूला दलहरू वैचारिक संकटमा छन् : अध्यक्ष दाहाल

११ श्रावण २०८२, शनिबार १४:३५

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) गम्भीर वैचारिक तथा राजनीतिक संकटमा परेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कांग्रेस र एमाले दुवै दलमा वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको अभाव देखिएको टिप्पणी गरे। उनका अनुसार कांग्रेसमा बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूले देखाएको मार्ग र योगदानसँग मेल खाने वर्तमान नेतृत्व देखिँदैन।

एमालेप्रति टिप्पणी गर्दै उनले भने, “एमाले मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज)को आधारमा टिकेको पार्टी हो। तर अहिले जबजको प्रस्तावक र प्रवर्द्धक को हो भन्नेमा नै विवाद सुरु भएको छ।” उनले पूर्वराष्ट्रपति विद्या भण्डारीले आफैँलाई जबजको सच्चा उत्तराधिकारीको रूपमा प्रस्तुत गरेको प्रसंग पनि उल्लेख गरे।

दाहालले ठूला भनिएका दलहरू वैचारिक संकटमा रहे पनि माओवादी केन्द्र भने यस्तो संकटबाट मुक्त रहेको दाबी गरे। उनले भने, “अहिलेको अवस्थामा वैचारिक र राजनीतिक संकट नभएको पार्टी भनेकै माओवादी केन्द्र हो।”

उनको भनाइमा, वर्तमान राजनीतिमा स्पष्ट मार्गदर्शन दिने नेतृत्वको अभावले मुलुकमा गम्भीर वैचारिक अन्योल र संकट देखिएको छ।

प्रतिक्रिया दिनुहोस्