Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

देशका ठूला दलहरू वैचारिक संकटमा छन् : अध्यक्ष दाहाल

११ श्रावण २०८२, शनिबार १४:३५

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) गम्भीर वैचारिक तथा राजनीतिक संकटमा परेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कांग्रेस र एमाले दुवै दलमा वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको अभाव देखिएको टिप्पणी गरे। उनका अनुसार कांग्रेसमा बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूले देखाएको मार्ग र योगदानसँग मेल खाने वर्तमान नेतृत्व देखिँदैन।

एमालेप्रति टिप्पणी गर्दै उनले भने, “एमाले मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज)को आधारमा टिकेको पार्टी हो। तर अहिले जबजको प्रस्तावक र प्रवर्द्धक को हो भन्नेमा नै विवाद सुरु भएको छ।” उनले पूर्वराष्ट्रपति विद्या भण्डारीले आफैँलाई जबजको सच्चा उत्तराधिकारीको रूपमा प्रस्तुत गरेको प्रसंग पनि उल्लेख गरे।

दाहालले ठूला भनिएका दलहरू वैचारिक संकटमा रहे पनि माओवादी केन्द्र भने यस्तो संकटबाट मुक्त रहेको दाबी गरे। उनले भने, “अहिलेको अवस्थामा वैचारिक र राजनीतिक संकट नभएको पार्टी भनेकै माओवादी केन्द्र हो।”

उनको भनाइमा, वर्तमान राजनीतिमा स्पष्ट मार्गदर्शन दिने नेतृत्वको अभावले मुलुकमा गम्भीर वैचारिक अन्योल र संकट देखिएको छ।

प्रतिक्रिया दिनुहोस्