Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

११ श्रावण २०८२, शनिबार १४:४४

काठमाडौँ। टिकटकले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ मा यसको एकमात्र मनोरञ्जन पार्टनरको रूपमा रहनेगरी आधिकारिक साझेदारीको घोषणा गरेको छ।

यस सहकार्यले स्थानीय प्रतिभालाई सशक्त पार्ने, सांस्कृतिक पहिचानको संरक्षण र प्रोत्साहन गर्ने र नेपाली युवाहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने टिकटकको प्रतिबद्धतालाई अझ स्पष्ट बनाएको छ।

प्रत्येक वर्ष आयोजना हुने मिस नेपाल, नेपालको प्रमुख राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो, जसले नेपाली महिलाहरूको नेतृत्व विकास, आत्मविश्वास र अन्तर्राष्ट्रिय पहिचानलाई अगाडि बढाउने अवसर प्रदान गर्दछ। यस सहकार्यमार्फत, टिकटकले यस वर्षका प्रतियोगीहरूका शशक्त कथा, तयारीका क्षणहरू र सिर्जनात्मक अभिव्यक्तिहरूलाई प्रस्तुत गर्दै आफ्नो प्लेटफर्ममा नेपाली समुदायलाई सक्रिय रूपमा संलग्न गराउनेछ।

यो सहकार्य १ जुलाईदेखि १५ सेप्टेम्बर २०२५ सम्म चल्नेछ, जसअन्तर्गत मिस नेपालको एक्सक्लुसिव ब्याकस्टेज मोमेन्ट्सदेखि रेड कार्पेटका झलकहरूसम्मका सम्पूर्ण गतिविधि टिकटकमा एकीकृत गरिनेछ। मिस नेपाल २०२५ लाई आधिकारिक ह्यासट्याग #missnepal मार्फत टिकटकमा प्रवर्द्धन गरिनेछ जसले कन्टेन्ट डिस्कभरी र राष्ट्रव्यापी सहभागितालाई बढावा दिनेछ।

“मिस नेपालसँगको यो सहकार्य हाम्रो निरन्तर प्रयासको हिस्सा हो, जसले स्थानीय प्रतिभालाई उजागर गर्न र समुदायका कथाहरूलाई सिर्जनात्मक, समावेशी र प्रेरणादायी तरिकाले प्रस्तुत गर्न मद्दत गर्दछ,” टिकटकका दक्षिण एशियाका लागि कन्टेन्ट अपरेशन्स लिड उमाइस नविदले भने, “नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको मनोरञ्जन पार्टनर बन्दै हामी देशको सांस्कृतिक र सिर्जनात्मक इकोसिस्टममा हाम्रो भूमिकालाई गहन बनाउँदैछौं र नेपाली आवाजलाई स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किन मञ्च पनि प्रदान गर्दैछौं।”

मिस नेपाल एक्सपिरियन्समा टिकटक क्रिएटरहरूलाई पनि विशेष पहुँच दिइनेछ, जसअन्तर्गत उनीहरूले बिहाइन्ड द सीन कन्टेन्ट र कल्चरल कोलाबोरेसनहरू सिर्जना गर्नेछन्, जसले प्रतियोगीका कथाहरूलाई अझ व्यापक दर्शकसम्म पुर्‍याउनेछ र अभियानको पहुँचलाई बढाउनेछ।

“हामी मिस नेपाल २०२५ का लागि टिकटकलाई आफ्नो एकमात्र मनोरञ्जन पार्टनरको रूपमा स्वागत गर्न पाउँदा रोमाञ्चित छौं। यो सहकार्यले विशेषगरी हाम्रो प्लेटफर्म र टिकटक दुवैको केन्द्रमा रहेका युवापुस्तालाई मिस नेपालको अनुभव अझ नजिकबाट नियाल्न मद्दत गर्नेछ। हामीले यस वर्षका प्रतियोगीहरूको विविधता, सिर्जनशीलता र सपनालाई नयाँ र आकर्षक तरिकामा सेलिब्रेट गर्न सँगै अघि बढ्ने विश्वास लिएका छौं,” मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले भने।

यो सहकार्यले प्रतियोगीहरूको यात्रालाई दर्शकहरूसम्म अझ नजिक ल्याउने र इन्टरेक्टिभ कन्टेन्ट तथा क्रिएटर लेड प्रस्तुतिहरू मार्फत व्यापक सहभागितालाई आमन्त्रित गर्नेछ। एक्सक्लुसिव भिडियोहरू आधिकारिक टिकटक अकाउन्टमा उत्पादन र प्रकाशित गरिनेछन्, जसले यस अभियानभर फ्यान र फलोअरहरूका लागि टिकटक मुख्य डिजिटल डेस्टिनेसन बन्नेछ।

प्रतिक्रिया दिनुहोस्