Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

विरोधबीच सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

११ आश्विन २०८१, शुक्रबार ०९:१०

११ असोज, काठमाडौं। विरोधबीच अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा दुईजना न्यायाधीशको नाम सिफारिस गर्न सफल भएका छन् ।

बाहिर नेपाल बारको आन्दोलन चलिरहेका बेला न्यायपरिषद बैठक राखेर श्रेष्ठले उच्च अदालतका दुईजना न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गरेका हुन् । सिफारिस भएका नाम सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्बोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ ।

प्रधान न्यायाधीशबाट बिदा भएर जाँदा जाँदै सर्वोच्च अदालतमा आफ्नो पकड पछिसम्म बनाइराख्न उनले विवादका बीच न्यायाधीश नियुक्त गर्न खोजेका हुन् । श्रेष्ठले नित्यानन्द पाण्डेलाई आफ्नो पालामै जसरी पनि सर्वोच्चमा ल्याउन खोजेका थिए ।

प्रधानन्याधीश श्रेष्ठले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १७ जना न्यायाधीश नियुक्त गर्ने तयारी गरेका थिए । तर अन्य सदस्यको असहमतिका कारण दुईजना मात्रै न्यायाधीश नियुक्तिका लागि सिफारिस भएको हो ।

बैठकमा सहभागी एक सदस्यका अनुसार कानुनमन्त्री अजय चौरासिया, सरकारका प्रतिनिधि रामप्रसाद भण्डारी र बारका प्रतिनिधि रामप्रसाद श्रेष्ठले सर्वोच्चमा २ जना मात्र न्यायाधीश नियुक्ति गर्न र अन्य नयाँ प्रधानन्यायाधीशको पालामा टुंग्याउन सुझाव दिएका थिए ।

सर्बोच्च अदालतमा ५ न्यायाधीश रिक्त छन् । शुक्रवारको बैठकले पाँचैजनाको सिफारिस भने नगरेको बताइएको । सर्बोच्च अदालतमा अहिले पनि कल्याण श्रेष्ठको पकड रहेको छ । विश्वम्भरले पनि कल्याण श्रेष्ठजस्तै पछिसम्म आफ्नो गुटका न्यायाधीश बनाइराख्न खोजेका हुन ।

प्रतिक्रिया दिनुहोस्