Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

साहित्यकार गंगा खड्का ‘संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ‘ बाट सम्मानित

११ श्रावण २०८२, शनिबार १९:३७

काठमाडौँ। संस्कृति ,साहित्य र कलाको त्रिवेणी प्रसिद्ध संसाक मासिक पत्रिकाको तेह्रौँ वार्षिकोत्सवको अवसरमा साहित्यकार गंगा खड्का ‘संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ‘ बाट सम्मानित हुनुभएको छ ।

संसाक मासिक पत्रिकाले धुमधामसँग तेह्रौँ वार्षिकोत्सव मनाउने सन्दर्भमा खड्कालाई उक्त सम्मानद्वारा सम्मानित गरिएको हो । पारामाउन्ट एकेडेमी जाल्पाचोकको प्राङ्गणमा भव्यताका सम्पन्न भएको कार्यक्रममा खड्कालगायत धादिङका देवराज सिम्खडा संसाक गोपालराज / मैयादेवी काव्य पुरस्कारबाट सम्मानित हुनुभएको थियो भने बाल संसाक बालप्रतिभा पुरस्कारबाट काठमाडौँ युरो आइबी वर्ल्ड स्कुल गंगबुका प्रिन्स पाण्डे सम्मानित हुनुभएको थियो ।

वरिष्ठ साहित्यकार उत्तम विचार भेटवालले उद्घोषण गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथिको भूमिका संविधान सभा सदस्य जगदीश्वरनरसिंह के. सी. ले निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकारहरू क्रमशः प्रा. डा. गोविन्दमान कार्की, विजयध्वज थापा , गंगा कर्माचार्य पौडेल ,डा. शैलेन्दु नेपाल ,नारी विद्वत रत्न गार्गी शर्मा , प्रकाश बस्नेत गफाडी,तारा के. सी,दीपक लोहनी ,मणि लोहनी , धन्वन्तरी मिश्र ,ध्रुवराज थापा ,प्रेम राईलगायत अन्य वरिष्ठ साहित्यकारहरूको पनि गरिमामय उपस्थिति थियो ।

कार्यक्रममा सम्मानित स्रष्टाहरूलाई सम्मान गर्दा उहाँहरूको परिवारका सदस्यलाई पनि सम्मान गरेर कार्यक्रमलाई अझै रोचक बनाइएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संसाक मासिकको उपसम्पादक भवानी पन्तद्वारा गरिएको थियो भने कार्यक्रममा उपस्थित महानुभावप्रति धन्यवाद ज्ञापन उपसम्पादक तारा के. सी.द्वारा गरिएको थियो ।

कार्यक्रममा संसाकका प्रकाशक तथा सम्पादक उमेश पाण्डेले संसाकका विविध गतिविधि प्रकाश पार्दै सम्मानित स्रष्टालाई बधाई ज्ञापन गर्नुभएको थियो । त्यसैगरी वरिष्ठ साहित्यकार डा. शैलेदु नेपालले सम्मानित स्रष्टाप्रति बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संसाकको विशेष अङ्कको विमोचन पनि गरिएको थियो ।

कार्यक्रममा सम्मानित स्रष्टा देवराज सिम्खडाले सम्मानित स्रष्टाको तर्फबाट आफ्ना सारगर्भित मन्तव्य राख्नुभएको थियो । सम्मानित स्रष्टा गंगा खड्काले भने आफ्नो लघुकथा ‘गरिमा ’ वाचन गरेर सुनाउनुभएको थियो । निर्धारित समयमा सुरु गरेर आयोजना गरिएको सो कार्यक्रम छोटो ,मीठो र उत्कृष्ट थियो ।

प्रतिक्रिया दिनुहोस्