Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
खेलकुद

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

१२ श्रावण २०८२, आईतवार १२:०३

काठमाडौं। नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्धन गर्ने उद्देश्यअनुरूप चार दिने रेफ्री र प्रशिक्षक सेमिनार आयोजना गर्ने भएको छ ।

विश्व फ्रिस्ट्याल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष ब्रायन डब्लु बेकको प्रमुख आतिथ्यतामा किक बक्सिङ एसोसिएसनले उक्त सेमीनार गर्न लागेको हो ।

उक्त कार्यक्रम आगामी साउन १७ देखि २० गतेसम्म काठमाडौंको जडिबुटीस्थित फाइट क्लब नेपालमा हुनेछ । सोही अवसरमा ब्ल्याक बेस्ट ग्रेडिङ पनि हुने आयोजक एसोसिएसनकी महासचिव विन्दा नेपालीले जानकारी दिइन् । फ्रिस्टाइल किक बक्सिङ चुनौतीपूर्ण र रोचक खेलको रूपमा चिनिन्छ ।

यस खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अपेक्षा राख्दै सेमिनार आयोजना गरिएको आयोजक एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठले जानकारी दिए ।

यस सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन् । एसियन किक बक्सिङको स्वर्ण विजेतासमेत रहेकी बिन्दाले यस विधाको किक बक्सिङले खेलाडीको शारीरिक क्षमता, मानसिक दृढता र रणनीतिलाई एकसाथ विकसित गर्ने बताइन् ।

मुक्का, खुट्टा र गतिशील चालहरूको संयोजनमा खेलिने यो खेल नेपालमा पनि क्रमशः लोकप्रिय बन्दै गएको उनको विश्वास छ । एसोसिएसनको मिहिनेत र टिम स्पिरिटले गर्दा यस खेल विकास भइरहेको र अझ उचाइमा पु¥याउने लक्ष्यका साथ अघि बढिरहेको विन्दाले बताइन् ।

एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठ, कोषाध्यक्ष सुमन नेपाल, प्रमुख प्रशिक्षक रमेश नेपाली, उपाध्यक्ष राजकुमार ठकुरी र वरिष्ठ सल्लाहकार आकाश धितालको नेतृत्वमा बृहत मात्रामा तयारी पूरा गरिएको महासचिव बिन्दाले जानकारी दिइन् ।

यो सेमिनार उपलब्धिमूलक र प्रभाकारी हुने अपेक्षा रहेको एसोसिएसनले जनाएको छ

प्रतिक्रिया दिनुहोस्