Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

सुर्खेतमा राउटे समुदायद्वारा पहिलोपटक वृक्षरोपण, ३०० बिरुवा रोपियो

१२ श्रावण २०८२, आईतवार २२:१३

वीरेन्द्रनगर। काठ काट्ने चलनले चिनिएको लोपोन्मुख राउटे समुदायले अब वातावरण संरक्षणमा पनि योगदान दिन थालेका छन्। सुर्खेतको लेकबेंसी नगरपालिका–९ ओखलढुंगाचौरमा आइतबार राउटे समुदायका ३४ जनाले वृक्षरोपण गरेका हुन्।

डिभिजन वन कार्यालय सुर्खेतको समन्वयमा भएको यस कार्यक्रमले राउटे समुदायको जीवनशैलीमा सकारात्मक परिवर्तनको संकेत देखाएको वन अधिकृत वसन्तबावु श्रेष्ठले बताए। उनका अनुसार राउटेहरूलाई अबका पुस्ताका लागि उपयोगी हुने बोटबिरुवा रोप्न प्रेरित गरिएको हो।

कार्यक्रममा खयर, सिसौ, मसला, अमला, हर्रोवर्रो लगायतका करिब ३०० वटा बोटबिरुवा रोपिएका छन्। “राउटे समुदायले रूख काट्ने मात्र नभई अब संरक्षणमा पनि हातेमालो गर्न थालेका छन्,” श्रेष्ठले भने।

वृक्षरोपण कार्यक्रममा कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठ, वन निर्देशक गणेश त्रिपाठी, लेकबेंसी नगर प्रमुख उमेश पौडेलसहितका पदाधिकारीहरूको उपस्थिति थियो।

हाल राउटेहरू लेकबेंसी–१० को झुप्रा खोलामा बसोबास गर्दै आएका छन्। कर्णालीको सुर्खेत, दैलेख लगायतका जिल्लामा फैलिएको यो समुदाय नेपालको एक मात्र फिरन्ते जनजातिको रूपमा परिचित छ। हाल राउटे जनसंख्या १३५ रहेको छ।

यो वृक्षरोपण कार्यक्रमले उनीहरूको परम्परागत जीवनशैलीमा पर्यावरणीय सचेतनाको सुरुआत गराएको विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्