Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सुर्खेतमा राउटे समुदायद्वारा पहिलोपटक वृक्षरोपण, ३०० बिरुवा रोपियो

१२ श्रावण २०८२, आईतवार २२:१३

वीरेन्द्रनगर। काठ काट्ने चलनले चिनिएको लोपोन्मुख राउटे समुदायले अब वातावरण संरक्षणमा पनि योगदान दिन थालेका छन्। सुर्खेतको लेकबेंसी नगरपालिका–९ ओखलढुंगाचौरमा आइतबार राउटे समुदायका ३४ जनाले वृक्षरोपण गरेका हुन्।

डिभिजन वन कार्यालय सुर्खेतको समन्वयमा भएको यस कार्यक्रमले राउटे समुदायको जीवनशैलीमा सकारात्मक परिवर्तनको संकेत देखाएको वन अधिकृत वसन्तबावु श्रेष्ठले बताए। उनका अनुसार राउटेहरूलाई अबका पुस्ताका लागि उपयोगी हुने बोटबिरुवा रोप्न प्रेरित गरिएको हो।

कार्यक्रममा खयर, सिसौ, मसला, अमला, हर्रोवर्रो लगायतका करिब ३०० वटा बोटबिरुवा रोपिएका छन्। “राउटे समुदायले रूख काट्ने मात्र नभई अब संरक्षणमा पनि हातेमालो गर्न थालेका छन्,” श्रेष्ठले भने।

वृक्षरोपण कार्यक्रममा कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठ, वन निर्देशक गणेश त्रिपाठी, लेकबेंसी नगर प्रमुख उमेश पौडेलसहितका पदाधिकारीहरूको उपस्थिति थियो।

हाल राउटेहरू लेकबेंसी–१० को झुप्रा खोलामा बसोबास गर्दै आएका छन्। कर्णालीको सुर्खेत, दैलेख लगायतका जिल्लामा फैलिएको यो समुदाय नेपालको एक मात्र फिरन्ते जनजातिको रूपमा परिचित छ। हाल राउटे जनसंख्या १३५ रहेको छ।

यो वृक्षरोपण कार्यक्रमले उनीहरूको परम्परागत जीवनशैलीमा पर्यावरणीय सचेतनाको सुरुआत गराएको विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्