Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ को दोस्रो संस्करण असोजमा हुने

१३ श्रावण २०८२, सोमबार ०८:०४

काठमाडौँ। अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा आयोजना गरिने ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को दोस्रो संस्करणको तयारी सुरु भएको छ ।

एनटीपी मल्टिमिडिया ग्रुपले नेपाल पर्यटन बोर्डसहित विभिन्न पर्यटन संघ संस्थासँग मिलेर स्थापना गरेको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को दोस्रो संस्करण आगामी असोजमा गरिने भएको हो ।

यो काठमाडौँ, चितवन र पोखराको पर्यटन प्रवर्द्धनमा केन्द्रित हुने बाइक राइडरहरुको टूर हो । २७ सेप्टेम्बर अर्थात असोज ११ गते पर्ने विश्व पर्यटन दिवसको अवसर पारेर यस वर्ष दोस्रो संस्करणको गोल्डेन ट्रयाङ्गल बाइक टूरको आयोजना गर्न लागिएको आयोजक एनटीपी मल्टिमिडिया ग्रुपले जनाएको छ ।

यस वर्ष टूरमा ३० जना बाइक राइडरहरु सहभागी हुनेछन् । पहिलो संस्करणमा एक सय जना बाइक राइडर सहभागी थिए । काठमाडौँदेखि सुरु हुने यो टूर हेटौँडा, चितवनको सौराहा हुँदै पोखरा पुगेर समापन हुनेछ । सामान्यतया दुई रात, तीन दिनको यो टूरले नेपालको सुनौलो पर्यटन परिधि अर्थात गोल्डेन ट्रयाङ्गलका नामले परिचित काठमाडौँ, चितवन र पोखराको पर्यटनलाई प्रवर्धन गर्ने मुख्य उद्धेश्य राखेको छ । यो टूरमा सहभागी हुने राइडरका लागि केही दिनमा रजिष्ट्रेसन खुल्नेछ ।

पहिलो संस्करणमा जस्तै यसपटक पनि बाइक राइडरसँगै कलाकार, फोटोपत्रकार, पर्यटन अभियान्ताहरु टूरमा सहभागी गराइने आयोजक एनटीपी मल्टिमिडिया ग्रुपले जनाएको छ । गोल्डेन ट्रयाङ्गल बाइक टूरमा सहभागीमध्ये उत्कृष्ट चार जना राइडरलाई नेपालको सबैभन्दा लामो ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ कार्यक्रममा सहभागी गराइनेछ ।

जसमा उत्कृष्ट दुई जना बाइक राइडर, एक जना मार्शल र एक जना फोटोपत्रकार रहनेछन् । गोल्डेन ट्रयाङ्गल बाइक टूरबाट छनौट गरिएका राइडरलाई ताप्लेजुङ–दार्चुला बाइक टूरमा ५० प्रतिशत छूट हुनेछ ।

दुई वर्षअघि पहिलोपटक सूरु भएको ताप्लेजुङ–दार्चुला बाइक टूर काठमाडौँदेखि सुरु भएर मध्यपहाडी लोकमार्ग हुँदै ताप्लेजुङ, झापा, कन्चनपुर हुँदै दार्चुला पुगेर समापन हुनेछ । यो टूरमा सहभागी राइडरले सात प्रदेशका ४५ जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेछन् ।

ताप्लेजुङ दार्चुला बाइक टूर आगामी कार्तिक–मंसिर महिनामा हुने आयोजक एनटीपी मल्टिमिडिया ग्रुपले जनाएको छ । दुवै टूरमा सहभागी उत्कृष्ट राइडर, ट्राभलर र पत्रकारलाई आगामी मंसिरमा हुने नेपाल पर्यटन महोत्सवमा सम्मान गरिने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्