Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

पोखरामा फेला परे ‘बेपत्ता’ भनिएका हायू परिवारका १५ सदस्य

१३ श्रावण २०८२, सोमबार २२:५०

सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट केही दिनदेखि सम्पर्कविहीन भएका हायू परिवारका सदस्यहरू पोखरामा सुरक्षित अवस्थामा फेला परेका छन्।

कास्की प्रहरीले पोखराको माथिल्लो गगनगौंडा क्षेत्रबाट परिवारका सबै १५ जनालाई नियन्त्रणमा लिएको हो। कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, उनीहरूले पोखरामा मजदुरीको काम खोज्न आएको बताएका छन्।

“हामी लेबर काम गर्न यतातिर आएका हौं भनेर उनीहरूले बताएका छन्,” ओलियाले बताए। उनीहरू स्थानीय बासिन्दा सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेका थिए।

प्रहरी अनुसन्धानले देखाएको छ कि उनीहरू सिन्धुलीबाट गाडी रिजर्भ गरेर लामो बसाइको तयारीसहित पोखरा आएका थिए। शहर आइपुगेपछि एक रात होटलमा बसेका उनीहरू त्यसपछि स्थानीयको घरमा सरेका थिए। उनीहरूको पोखरामै करिब दुई साता रहने योजना रहेको खुलेको छ।

होटलबाट चेकआउट गरेकै भोलिपल्ट उनीहरूलाई प्रहरीले फेला पारेको थियो। प्रारम्भिक बयान अनुसार उनीहरूले होटलको विकल्पमा कम खर्चिलो बासको खोजीमा स्थानीयको घर रोजेका हुन्।

यसअघि गाउँपालिकाले १६ जना परिवार बेपत्ता भएको जानकारी दिएको थियो। तर अनुसन्धानमा सुजाता हायू भने श्रीमान्‌सँगै काठमाडौंमा बसिरहेको पुष्टि भएपछि वास्तविक संख्या १५ रहेको खुलेको हो।

फेला परेका हायू परिवारका सदस्यहरू:

१. उर्मिला हायू, ५२ वर्ष (आमा)
२. कमला हायू, २७ वर्ष (जेठी छोरी)
३. कोमल माया हायू, २३ वर्ष (माइली बुहारी)
४. उषा हायू, १९ वर्ष (छोरी)
५. अस्मिता हायू, १८ वर्ष (छोरी)
६. राजु हायू, २९ वर्ष (जेठो छोरा)
७. हिमाल हायू, २४ वर्ष (माइलो छोरा)
८. लालबहादुर हायू, १६ वर्ष (साँइलो छोरा)
९. वेगबहादुर हायू, १४ वर्ष (छोरा)
१०. लक्ष्मण हायू, ११ वर्ष (छोरा)
११. सुवर्ण हायू, १२ वर्ष (छोरा)
१२. ओमकुमारी हायू, १० वर्ष (छोरी)
१३. अर्जुन हायू
१४. रियासा हायू
१५. शान्ता हायू, १५ वर्ष (छोरी)

प्रतिक्रिया दिनुहोस्