Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

पोखरामा फेला परे ‘बेपत्ता’ भनिएका हायू परिवारका १५ सदस्य

१३ श्रावण २०८२, सोमबार २२:५०

सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट केही दिनदेखि सम्पर्कविहीन भएका हायू परिवारका सदस्यहरू पोखरामा सुरक्षित अवस्थामा फेला परेका छन्।

कास्की प्रहरीले पोखराको माथिल्लो गगनगौंडा क्षेत्रबाट परिवारका सबै १५ जनालाई नियन्त्रणमा लिएको हो। कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, उनीहरूले पोखरामा मजदुरीको काम खोज्न आएको बताएका छन्।

“हामी लेबर काम गर्न यतातिर आएका हौं भनेर उनीहरूले बताएका छन्,” ओलियाले बताए। उनीहरू स्थानीय बासिन्दा सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेका थिए।

प्रहरी अनुसन्धानले देखाएको छ कि उनीहरू सिन्धुलीबाट गाडी रिजर्भ गरेर लामो बसाइको तयारीसहित पोखरा आएका थिए। शहर आइपुगेपछि एक रात होटलमा बसेका उनीहरू त्यसपछि स्थानीयको घरमा सरेका थिए। उनीहरूको पोखरामै करिब दुई साता रहने योजना रहेको खुलेको छ।

होटलबाट चेकआउट गरेकै भोलिपल्ट उनीहरूलाई प्रहरीले फेला पारेको थियो। प्रारम्भिक बयान अनुसार उनीहरूले होटलको विकल्पमा कम खर्चिलो बासको खोजीमा स्थानीयको घर रोजेका हुन्।

यसअघि गाउँपालिकाले १६ जना परिवार बेपत्ता भएको जानकारी दिएको थियो। तर अनुसन्धानमा सुजाता हायू भने श्रीमान्‌सँगै काठमाडौंमा बसिरहेको पुष्टि भएपछि वास्तविक संख्या १५ रहेको खुलेको हो।

फेला परेका हायू परिवारका सदस्यहरू:

१. उर्मिला हायू, ५२ वर्ष (आमा)
२. कमला हायू, २७ वर्ष (जेठी छोरी)
३. कोमल माया हायू, २३ वर्ष (माइली बुहारी)
४. उषा हायू, १९ वर्ष (छोरी)
५. अस्मिता हायू, १८ वर्ष (छोरी)
६. राजु हायू, २९ वर्ष (जेठो छोरा)
७. हिमाल हायू, २४ वर्ष (माइलो छोरा)
८. लालबहादुर हायू, १६ वर्ष (साँइलो छोरा)
९. वेगबहादुर हायू, १४ वर्ष (छोरा)
१०. लक्ष्मण हायू, ११ वर्ष (छोरा)
११. सुवर्ण हायू, १२ वर्ष (छोरा)
१२. ओमकुमारी हायू, १० वर्ष (छोरी)
१३. अर्जुन हायू
१४. रियासा हायू
१५. शान्ता हायू, १५ वर्ष (छोरी)

प्रतिक्रिया दिनुहोस्