Trending
सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला?     |     नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै     |     युवा संघ विभाजित : झलनाथ, घनश्याम निकटको युवा भेला भोली, प्रमुख अतिथि रामकुमारी झाँक्री     |     नेपाल टेलिकमको नेटवर्क समस्या समाधान, करिब साढे ४ घण्टापछि सेवा पुनः सञ्चालनमा     |     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना     |     नागको पूजा गरेर आज नागपञ्चमी पर्व मनाइँदै     |     पारा तेक्वान्दो टोली मलेसिया जाँदै     |     विश्व बैंकद्वारा ऋणको ब्याजदर ०.७५ प्रतिशतले वृद्धि     |     जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी     |     पोखरामा फेला परे ‘बेपत्ता’ भनिएका हायू परिवारका १५ सदस्य     |    
समाचार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

१४ श्रावण २०८२, मंगलवार ०७:०९

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ

त्यसैगरी, आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्