Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

युवा संघ विभाजित : झलनाथ, घनश्याम निकटको युवा भेला भोली, प्रमुख अतिथि रामकुमारी झाँक्री

१४ श्रावण २०८२, मंगलवार १७:२८

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल दुई चिरामा विभाजित भएको छ ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल समूह निकटको युवा संघले बुधबार काठमाडौंमा छुटै भेला गर्दैछ । काठमाडौं उपत्यका स्तरीय हुन लागेको भेलाको संयोजन युवा संघका सहसंयोजक संजीप राईले गर्दैछन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल निकटको युवा संघका संयोजक रोशन थापा समूहले र राई समूहका बीचमा संघभित्र लामो समयदेखी विवाद रहेको छ । पार्टी अध्यक्ष नेपालले संघ भित्रको समस्या समाधान गर्न चासो नदिएको भन्दै खनाल र भुषाल निकटका युवाले छुटै भेला गर्न लागेका हुन् ।

पार्टीमा युवा संघ, विद्यार्थी संगठन अखिललाई लिएर विवाद चर्किदै गएको छ । अखिलमा पनि समान्तर कमिटी रहेको छ । युवा संघको विवाद पार्टीले समाधान गर्न चासो नदिएपछि अब छुटै कमिटी गठन र घोषणा अघि काठमाडौं उपत्यका स्तरी भेला गर्न थालिएको हो ।

अब अन्य प्रदेश र जिल्ला–जिल्लामा समेत युवा संघको समानान्तर कमिटी गठन गर्दै अगाडी बढने रणनीतिमा राई समूहको युवा संघ रहेको छ ।

राई समूहले भेला गर्न लागेको संघ काठमाडौं उपत्यका स्तरीय भेलाको प्रमुख अतिथि एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाक्री रहेकी छन् । बुधबार अनामनगरको तमु बौद्ध भवनमा सो भेला हुदैछ ।

प्रतिक्रिया दिनुहोस्