Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

युवा संघ विभाजित : झलनाथ, घनश्याम निकटको युवा भेला भोली, प्रमुख अतिथि रामकुमारी झाँक्री

१४ श्रावण २०८२, मंगलवार १७:२८

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल दुई चिरामा विभाजित भएको छ ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल समूह निकटको युवा संघले बुधबार काठमाडौंमा छुटै भेला गर्दैछ । काठमाडौं उपत्यका स्तरीय हुन लागेको भेलाको संयोजन युवा संघका सहसंयोजक संजीप राईले गर्दैछन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल निकटको युवा संघका संयोजक रोशन थापा समूहले र राई समूहका बीचमा संघभित्र लामो समयदेखी विवाद रहेको छ । पार्टी अध्यक्ष नेपालले संघ भित्रको समस्या समाधान गर्न चासो नदिएको भन्दै खनाल र भुषाल निकटका युवाले छुटै भेला गर्न लागेका हुन् ।

पार्टीमा युवा संघ, विद्यार्थी संगठन अखिललाई लिएर विवाद चर्किदै गएको छ । अखिलमा पनि समान्तर कमिटी रहेको छ । युवा संघको विवाद पार्टीले समाधान गर्न चासो नदिएपछि अब छुटै कमिटी गठन र घोषणा अघि काठमाडौं उपत्यका स्तरी भेला गर्न थालिएको हो ।

अब अन्य प्रदेश र जिल्ला–जिल्लामा समेत युवा संघको समानान्तर कमिटी गठन गर्दै अगाडी बढने रणनीतिमा राई समूहको युवा संघ रहेको छ ।

राई समूहले भेला गर्न लागेको संघ काठमाडौं उपत्यका स्तरीय भेलाको प्रमुख अतिथि एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाक्री रहेकी छन् । बुधबार अनामनगरको तमु बौद्ध भवनमा सो भेला हुदैछ ।

प्रतिक्रिया दिनुहोस्