Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
विज्ञान र प्रविधि

नेपाल टेलिकमको नेटवर्क समस्या समाधान, करिब साढे ४ घण्टापछि सेवा पुनः सञ्चालनमा

१४ श्रावण २०८२, मंगलवार १५:४६

काठमाडौं। नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आएको प्राविधिक समस्या समाधान भई सेवा पुनः सामान्य अवस्थामा फर्किएको छ।

सोमबार दिउँसो करिब २ बजेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो, जसका कारण प्रयोगकर्ताहरूले मोबाइल डाटा सेवा प्रयोग गर्न कठिनाइ अनुभव गरेका थिए।

नेपाल टेलिकमका अनुसार फोरजी सेवामा उत्पन्न भएको अवरोधका कारण डाटा सेवा विशेष प्रभावित भएको थियो। तर, प्राविधिक टोलीले लगातार प्रयासपछि बेलुका साढे ५ बजेतिर समस्या समाधान गरी सेवा पुनः सञ्चालनमा ल्याएको बताइएको छ।

प्राविधिक गडबडीको कारण भएको यो अवरोधले उपभोक्ताहरूको दैनिक कार्यमा असहजता ल्याएको थियो। केही प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमार्फत नेटवर्क नचलेको गुनासोसमेत सार्वजनिक गरेका थिए।

टेलिकमले सेवामा आएको असुविधाप्रति क्षमायाचना गर्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक प्रविधिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्