Trending
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै     |     देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ- मन्त्री घिसिङ     |     चितवनमा जेनजी आन्दोलनका ७ जना घाइतेको वर्गीकरण सिफारिस     |     आज देशभरको मौसम सामान्यतया सफा रहने     |     रविलाई रिहा गर्न आदेश     |     रवि र छविको मुद्दामा सुनुवाइ सकियो     |     सचिवमा हारेका गोकुललाई केन्द्रीय सदस्यमा लोकप्रिय मत     |     माओत्से गुरुङले सुरु गरे ‘पेन्सनपट्टा’ को छायांकन     |     एमाले महासचिवमा शंकर पोखरेल विजयी     |     महासचिवमा पराजित सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि असफल     |    
विज्ञान र प्रविधि

नेपाल टेलिकमको नेटवर्क समस्या समाधान, करिब साढे ४ घण्टापछि सेवा पुनः सञ्चालनमा

१४ श्रावण २०८२, मंगलवार १५:४६

काठमाडौं। नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आएको प्राविधिक समस्या समाधान भई सेवा पुनः सामान्य अवस्थामा फर्किएको छ।

सोमबार दिउँसो करिब २ बजेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो, जसका कारण प्रयोगकर्ताहरूले मोबाइल डाटा सेवा प्रयोग गर्न कठिनाइ अनुभव गरेका थिए।

नेपाल टेलिकमका अनुसार फोरजी सेवामा उत्पन्न भएको अवरोधका कारण डाटा सेवा विशेष प्रभावित भएको थियो। तर, प्राविधिक टोलीले लगातार प्रयासपछि बेलुका साढे ५ बजेतिर समस्या समाधान गरी सेवा पुनः सञ्चालनमा ल्याएको बताइएको छ।

प्राविधिक गडबडीको कारण भएको यो अवरोधले उपभोक्ताहरूको दैनिक कार्यमा असहजता ल्याएको थियो। केही प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमार्फत नेटवर्क नचलेको गुनासोसमेत सार्वजनिक गरेका थिए।

टेलिकमले सेवामा आएको असुविधाप्रति क्षमायाचना गर्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक प्रविधिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्