Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

नौबीसेको सुरुङमार्गनजिकै लेदोसहितको पहिरो खसेर राजमार्ग अवरुद्ध

११ आश्विन २०८१, शुक्रबार ०९:१९

११ असोज, काठमाडौं। अविरल वर्षासँगै लेदोसहित पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । दिउँसो २ बजे तिर धुनिबेशी नगरपालिका-९ स्थित सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेको लेदोका कारण पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । स्थानीय निकाय र सडक विभागसंग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

पहिरो खसेपछि करिब एक घण्टादेखि राजमार्ग बन्द छ । जसकारकाण राजधानी पस्ने र बाहिरिने सयौँ सवारीसाधनको जाम लागेको छ । अझैसम्म पहिरो पन्छाउन डोजर नपुगेको स्थानीयले बताएका छन् । पहिरोले सडक धेरै माथिसम्म ढाकेले हटाउन समय लाग्ने अवस्था रहेको प्रत्यक्षदर्शी सन्तोष न्यौपाने उपाध्यायले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्