Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

नौबीसेको सुरुङमार्गनजिकै लेदोसहितको पहिरो खसेर राजमार्ग अवरुद्ध

११ आश्विन २०८१, शुक्रबार ०९:१९

११ असोज, काठमाडौं। अविरल वर्षासँगै लेदोसहित पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । दिउँसो २ बजे तिर धुनिबेशी नगरपालिका-९ स्थित सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेको लेदोका कारण पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । स्थानीय निकाय र सडक विभागसंग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

पहिरो खसेपछि करिब एक घण्टादेखि राजमार्ग बन्द छ । जसकारकाण राजधानी पस्ने र बाहिरिने सयौँ सवारीसाधनको जाम लागेको छ । अझैसम्म पहिरो पन्छाउन डोजर नपुगेको स्थानीयले बताएका छन् । पहिरोले सडक धेरै माथिसम्म ढाकेले हटाउन समय लाग्ने अवस्था रहेको प्रत्यक्षदर्शी सन्तोष न्यौपाने उपाध्यायले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्