Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

शहरमा रहेका वृद्धवृद्धाका लागि महाबै गाउँपालिकाले सुर्खेतमा सेवा केन्द्र सुरु

१६ श्रावण २०८२, बिहीबार १६:१६

सुर्खेत। कालीकोटको महाबै गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिने तर हाल विभिन्न शहरहरूमा बसोबास गरिरहेका वृद्धवृद्धालाई लक्षित गर्दै सुर्खेतमा बायोमेट्रिक शिविर सञ्चालन गरेको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा साउन १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने एक साताको शिविरले भत्ता नवीकरण गर्न नपाएका लाभग्राहीहरूलाई सेवा दिइरहेको गाउँपालिकाले जनाएको छ।

यस वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन बायोमेट्रिक अनिवार्य गरिएको हुँदा, बर्दिया, बाँके, कैलाली र सुर्खेतमा बसोबास गरिरहेका लाभग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो।

शिविरका सम्पर्क व्यक्ति मनराज कार्कीका अनुसार, “व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यवस्था भएकाले बिरामी, अशक्त वा आफन्तको साथ शहरमा रहेका वृद्धवृद्धालाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो।”

साउन १५ गते १२ बजेसम्म ८२ जना लाभग्राहीले सेवा लिइसकेको र आगामी दिनमा यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।

गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले भने, “हाम्रा धेरै लाभग्राही स्वास्थ्य उपचारलगायत कारणले शहरमा हुनुहुन्छ। उहाँहरू हिँडडुल गर्न सक्ने अवस्थामा पनि हुनुहुन्न। त्यसैले उनीहरूलाई सहज बनाउन शहरमै सेवा पु¥याइएको हो।”

दूरदराजका गाउँपालिकाबाट बाहिर बसोबास गरिरहेका वृद्धवृद्धालाई लक्षित सेवा पुर्‍याएर सामाजिक सुरक्षा सुनिश्चित गर्न गरिएको यो प्रयास अन्य पालिकाका लागि पनि अनुकरणीय हुनसक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्