Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

शहरमा रहेका वृद्धवृद्धाका लागि महाबै गाउँपालिकाले सुर्खेतमा सेवा केन्द्र सुरु

१६ श्रावण २०८२, बिहीबार १६:१६

सुर्खेत। कालीकोटको महाबै गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिने तर हाल विभिन्न शहरहरूमा बसोबास गरिरहेका वृद्धवृद्धालाई लक्षित गर्दै सुर्खेतमा बायोमेट्रिक शिविर सञ्चालन गरेको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा साउन १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने एक साताको शिविरले भत्ता नवीकरण गर्न नपाएका लाभग्राहीहरूलाई सेवा दिइरहेको गाउँपालिकाले जनाएको छ।

यस वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन बायोमेट्रिक अनिवार्य गरिएको हुँदा, बर्दिया, बाँके, कैलाली र सुर्खेतमा बसोबास गरिरहेका लाभग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो।

शिविरका सम्पर्क व्यक्ति मनराज कार्कीका अनुसार, “व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यवस्था भएकाले बिरामी, अशक्त वा आफन्तको साथ शहरमा रहेका वृद्धवृद्धालाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो।”

साउन १५ गते १२ बजेसम्म ८२ जना लाभग्राहीले सेवा लिइसकेको र आगामी दिनमा यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।

गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले भने, “हाम्रा धेरै लाभग्राही स्वास्थ्य उपचारलगायत कारणले शहरमा हुनुहुन्छ। उहाँहरू हिँडडुल गर्न सक्ने अवस्थामा पनि हुनुहुन्न। त्यसैले उनीहरूलाई सहज बनाउन शहरमै सेवा पु¥याइएको हो।”

दूरदराजका गाउँपालिकाबाट बाहिर बसोबास गरिरहेका वृद्धवृद्धालाई लक्षित सेवा पुर्‍याएर सामाजिक सुरक्षा सुनिश्चित गर्न गरिएको यो प्रयास अन्य पालिकाका लागि पनि अनुकरणीय हुनसक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्