Trending
कर्णाली प्रदेश खेलकुद महासंघको अध्यक्षमा प्रमोद हमाल सर्वसम्मत निर्वाचित     |     कर्णाली–सुदूरपश्चिमका ९७ हिमालमा पर्वतारोहण दस्तुर दुई वर्षका लागि हटाइयो     |     बडिमालिका मन्दिरतर्फ कालिकोटबाट पहिलोपटक सरकारी टोली डोलीसहित प्रस्थान     |     मुगुको छायाँनाथ धाममा तीर्थयात्रा सुरु     |     आज यी तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने     |     आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     गायक बिक्की गुरुङको गीत ‘डर लाग्छ’ सार्वजनिक, मलिका र कुन्साङको अभिनय     |     सर्वनाममा फूलको कथा : नाटक ‘जब फूलले आकार लिन्छ     |     रिलिज भयो प्रिमियरमा रुचाइएको चलचित्र ‘रियाल रिङ्गेट’     |     चलचित्र ‘मिरमिरे’को प्रदर्शन मिति घोषणा     |    
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१८ श्रावण २०८२, शनिबार ०६:५१

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७७ पैसा र बिक्रीदर १४० रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ५१ पैसा र बिक्रीदर १६० रुपियाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ०२ पैसा र बिक्रीदर १८४ रुपियाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ २८ पैसा र बिक्रीदर १७२ रुपियाँ ०१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८८ पैसा र बिक्रीदर ९० रुपियाँ २६ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७७ पैसा र बिक्रीदर १०१ रुपियाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ६७ पैसा र बिक्रीदर १०८ रुपियाँ १३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३० पैसा र बिक्रीदर नौ रुपियाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ३८ पैसा र बिक्रीदर १९ रुपियाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३४ पैसा र बिक्रीदर ३८ रुपियाँ ५१ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २६ पैसा र बिक्रीदर चार रुपियाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ६८ पैसा र बिक्रीदर ३२ रुपियाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ , स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २४ पैसा र बिक्रीदर १४ रुपियाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३७ पैसा र बिक्रीदर २१ रुपियाँ ४७ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८१ पैसा र बिक्रीदर १७ रुपियाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपियाँ ५३ पैसा र बिक्रीदर ४५८ रुपियाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपियाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ०२ पैसा र विक्रीदर ३६४ रुपियाँ ५८ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्