Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
खेलकुद

एएफसी यू-२०: नेपाल बहराइनसँग पराजित

११ आश्विन २०८१, शुक्रबार ०९:२५

११ असोज, काठमाडौं। एएफसी यू-२० एसिया कप छनोटअन्तर्गत समूह ‘बी’ मा नेपाल आफ्नो अन्तिम खेलमा पनि पराजित भएको छ।

न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सम्पन्न खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको हो । यो हारपछि नेपालको एसियन कपमा छनौटको सम्भावना सकिएको छ ।

नेपालले यसअघि  पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो ।

त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० ले पराजित भएसँगै नेपालको यू-२० एसिया कपमा छनोट हुने सम्भावना कमजोर बनेको थियो।

प्रतिक्रिया दिनुहोस्