Trending
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले     |     डिशहोमको विश्वकप अफर सार्वजनिक : सिजन पास खरिदमा तीन महिनासम्म निःशुल्क सुविधा     |     अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम     |     जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँचजना पक्राउ     |     अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित     |     कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित     |     मोदीसँग भेटपछि रवि लामिछानेले भनेः नेपाल–भारत सम्बन्ध विकास कूटनीतिमा केन्द्रित हुनुपर्छ     |     काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |    
समाचार

मुगुको छायाँनाथ धाममा तीर्थयात्रा सुरु

१८ श्रावण २०८२, शनिबार १५:२५

मुगु। प्रसिद्ध धार्मिकस्थल छायाँनाथ धाममा यस वर्षको वार्षिक तीर्थयात्रा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। सिञ्जा सभ्यताको ऐतिहासिक केन्द्र मानिने मुगु जिल्लाको छायाँक्षेत्र धाममा साउन महिनाको आगमनसँगै भक्तजनको चहलपहल बढेको हो।

यसपटकको तीर्थयात्राको सुरुआत शिवजीको प्राचीन मूर्तिको पूजाआराधनासँगै गरिएको छ। मन्दिर परिसरमा नेपाल प्रहरीले सम्मानस्वरूप सलामी अर्पण गरेको थियो। यात्राको उद्घाटन अवसरमा स्थानीय पुरोहित, सरकारी अधिकारी, सुरक्षाकर्मी, जनप्रतिनिधि र श्रद्धालुहरूको विशेष उपस्थिति रहेको थियो।

मुगुम कार्मारोङ गाउँपालिका–१ मा रहेको यो धार्मिक धाम समुद्री सतहबाट ४,५०० मिटरको उचाइमा अवस्थित छ। साउनको पञ्चमीदेखि जनैपूर्णिमासम्म हजारौँ श्रद्धालु यहाँ दर्शन गर्न आउने गर्छन्। धार्मिक मात्र नभई सांस्कृतिक र पर्यटकीय दृष्टिले समेत महत्त्वपूर्ण मानिने यो स्थल सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूका साथै भारतको उत्तराखण्ड, हिमाञ्चल र कुमाउँ क्षेत्रका भक्तजनहरूको पनि आकर्षणको केन्द्र बन्दै आएको छ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामका अनुसार तीर्थयात्रीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्यकर्मीहरूको टोली आवश्यक औषधिसहित खटाइएको छ।

स्थानीय इतिहासकार ऐनबहादुर हमालका अनुसार, छायाँनाथ धाम विश्वका चारधाममध्ये कैलाश मानसरोवरपछि शिवभक्तका लागि महत्वपूर्ण गन्तव्यका रूपमा चिनिन्छ। वि.सं. १८३६ मा चैन गाउँका तत्कालीन पुजारी सुन्दर चौलागाईं उपाध्यायद्वारा यहाँ शिव, विष्णु, गणेश र बुद्धका मूर्तिहरू स्थापना गरिएको थियो।

हिमाली क्षेत्रमा वर्षभर पूजा गर्न कठिन भएकाले ब्राह्मण बसोबास गर्ने चैन गाउँमा ११ महिना पूजा हुने र विशेषगरी साउन महिनामा शिवको ‘गाथ’सहित छायाँनाथ धाममा पूजा गर्ने परम्परा रहिआएको हो।

धाममा व्रतबन्ध, पितृमोक्ष, वर माग्ने, कुलदेवताका लागि शुद्धिकरण तथा छापविदो जस्ता धार्मिक क्रियाकलाप गर्न धामीझाँक्रीसहित भक्तजनहरू पुग्ने गर्दछन्। नयाँ धामी अवतार लिने धार्मिक विधिका लागि पनि यो धाम विशेष मानिन्छ।

साउन लागेसँगै पुनः जीवित भएको छायाँनाथ धाम यस वर्ष पनि हजारौं श्रद्धालुको आस्थाको केन्द्र बनेको छ।

प्रतिक्रिया दिनुहोस्