Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

कर्णाली प्रदेश खेलकुद महासंघको अध्यक्षमा प्रमोद हमाल सर्वसम्मत निर्वाचित

१८ श्रावण २०८२, शनिबार १६:०२

सुर्खेत। नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनबाट प्रमोद हमाल अध्यक्षमा निर्वाचित भएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो।

कार्यसमितिमा डम्बरबहादुर शाही र पूर्णबहादुर शाही उपाध्यक्षमा चयन भएका छन् भने सचिवको जिम्मेवारी शशिराम विश्वकर्मालाई दिइएको छ। उप–सचिवमा भक्तबहादुर शाह र रेखा बुढा चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षको रूपमा जगतप्रसाद रिजाल चयन भएका छन्।

सदस्य भुगोलमा रमेश कार्की मुगु, तिलक बुढा डोल्पा, दिलिप चौलागाई (कालिकोट), जयबहादुर बुढा (जुम्ला), बलबहादुर फडेरा (हुम्ला), नविन सिंह (जाजरकोट), दिपक मल्ल (रुकुम पश्चिम), सुदिप शाही (दैलेख), रमेश नेपाली र सन्तोष शाही (सुर्खेत) छन् ।

सदस्य खुलामा जगदिश विष्ट (कालिकोट), मानबहादुर रावल (जुम्ला), भुपेन्द्र विक (मुगु), महेश धरला (डोल्पा), तिलक बादी (रुकुम पश्चिम), ललितजंग कार्की (हुम्ला), भीमबहादुर शाही (जाजरकोट), निशा किरण राना (सुर्खेत) र जानकी तारामी मगर (सुर्खेत) छन् । बाँकी ६ सदस्य कार्य समितिको बैठकबाट मनोनित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्