Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

कर्णाली प्रदेश खेलकुद महासंघको अध्यक्षमा प्रमोद हमाल सर्वसम्मत निर्वाचित

१८ श्रावण २०८२, शनिबार १६:०२

सुर्खेत। नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनबाट प्रमोद हमाल अध्यक्षमा निर्वाचित भएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो।

कार्यसमितिमा डम्बरबहादुर शाही र पूर्णबहादुर शाही उपाध्यक्षमा चयन भएका छन् भने सचिवको जिम्मेवारी शशिराम विश्वकर्मालाई दिइएको छ। उप–सचिवमा भक्तबहादुर शाह र रेखा बुढा चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षको रूपमा जगतप्रसाद रिजाल चयन भएका छन्।

सदस्य भुगोलमा रमेश कार्की मुगु, तिलक बुढा डोल्पा, दिलिप चौलागाई (कालिकोट), जयबहादुर बुढा (जुम्ला), बलबहादुर फडेरा (हुम्ला), नविन सिंह (जाजरकोट), दिपक मल्ल (रुकुम पश्चिम), सुदिप शाही (दैलेख), रमेश नेपाली र सन्तोष शाही (सुर्खेत) छन् ।

सदस्य खुलामा जगदिश विष्ट (कालिकोट), मानबहादुर रावल (जुम्ला), भुपेन्द्र विक (मुगु), महेश धरला (डोल्पा), तिलक बादी (रुकुम पश्चिम), ललितजंग कार्की (हुम्ला), भीमबहादुर शाही (जाजरकोट), निशा किरण राना (सुर्खेत) र जानकी तारामी मगर (सुर्खेत) छन् । बाँकी ६ सदस्य कार्य समितिको बैठकबाट मनोनित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्