Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल?

१८ श्रावण २०८२, शनिबार १६:१९

काठमाडौं। डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको घोषणा गरेको छ। “व्हाई वेट फर द फेस्टिभल?” भन्ने नारासहित ल्याइएको यो अफरअन्तर्गत कम्पनीले ग्राहकहरूलाई नेपालमा अत्याधिक मन पराइएको प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी किनेर मौकाको फाइदा उठाउन आव्हान गरेको छ।

नामीले आफ्नो सेग्मेन्ट फर्स्ट फिचरहरू, बलियो रेन्ज र उत्कृष्ट मूल्यका कारण छोटो समयमै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ। बोल्ड डिजाइन, लक्जरी इन्टेरियर र प्रयोग गर्न सहज प्रविधिको संयोजनले नामीलाई आधुनिक जीवनशैलीका लागि उपयुक्त ठूलो ह्याचब्याक भएको फाइभ-स्टार लक्जरी ईभी बनाएको छ।

ग्राहकको गाडी किन्ने अनुभवलाई अझ विशेष बनाउन, डोङफेङ नामीले यो गाडीलाई विशेष चाडपर्व मूल्य ३३.९९ लाख रुपैयाँमा उपलब्ध गराएको छ जुन पहिले ३४.७९ लाख रुपैयाँ थियो। चाडपर्व सुरु हुनु अघि नै अफर सुरु गरेर कम्पनीले ग्राहकहरूलाई चाडबाडको भीडभाड नपर्खीकनै उत्सव सुरु गर्ने मौका दिएको छ।

अफर विवरण:

चाडपर्व मूल्य: ३३.९९ लाख रुपैयाँ (पहिलेको मूल्य: ३४.७९ लाख)
अफर उपलब्ध: डोङफेङ नामीको देशभरका सम्पूर्ण शोरूमहरूमा
डोङफेङ नामीले डिजाइन, नवीनता र दैनिक व्यवहरिकताको संयोजनमार्फत नेपालमा विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्न अग्रणी भूमिका खेल्दै आएको छ।

यो प्रारम्भिक चाडपर्व योजना मार्फत कम्पनीले यो वर्षभरिकै प्रतिक्षित समयमा प्रिमियम इलेक्ट्रिक गाडीलाई अझ धेरै नेपालीहरूका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्