Trending
आज पनि सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेको छ कारोबार ?     |     ‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’     |     शीर्ष स्थानमा उक्लियाे पीएसजी     |     साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै     |     भारतसँगको खेल नखेल्ने पाकिस्तानको निर्णयप्रति आईसीसीको यस्तो प्रतिक्रिया     |     अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ     |     म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित     |     महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न     |     पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित     |     भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |    
समाचार

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

१८ श्रावण २०८२, शनिबार १६:२८

काठमाडौं। टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन गरेको निरन्तरको प्रतिबद्धता अनुरुप २०२५ को पहिलो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।

प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्म आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पत्ता लगाएर त्यसलाई हटाउन आफूले उठाएका सक्रिय कदमहरूको विवरण राखेको छ। यसले प्रयोगकर्ताहरूलाई सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने टिकटकको अपेक्षा छ।

सन् २०२५ को पहिलो त्रैमासिकमा, नेपालमा मात्र टिकटकले १८,७६,५६३ वटा भिडियोहरू हटाएको छ। नेपालमा सक्रिय रूपमा हटाइएका भिडियोको दर ९९.६% रह्यो, जसमा ९७.८% भिडियोहरू २४ घण्टाभित्रै हटाइएका थिए।

विश्वव्यापी रूपमा, टिकटकले यो त्रैमासिकमा २११ मिलियन भिडियोहरू हटाएको छ जुन यस प्लेटफर्ममा अपलोड गरिएको कुल कन्टेन्टको करिब ०.९% हो।

हटाइएका भिडियोमध्ये, १८४,३७८,९८७ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए, जबकि ७,५२५,१८४ भिडियो थप समीक्षा गरेपछि पुनःस्थापित गरिएका थिए। सक्रिय रूपमा हटाइएका भिडियोहरूको दर ९९.०% रह्यो, जसमा ९४.३% फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए।

हटाइएका भिडियोहरूको ३०.१% कन्टेन्ट टिकटकको कन्टेन्ट पोलिसीसँग मेल नखाने संवेदनशील वा वयष्क विषयवस्तु भएका थिए भन्ने यस प्रतिवेदनले देखाउँछ।

थप ११.५% भिडियोहरूले प्लेटफर्मको सुरक्षा र नैतिक मापदण्ड उल्लंघन गरेका थिए, जबकि १५.६% भिडियोहरूले गोपनीयता र सुरक्षा नियमहरू तोडेका थिए।

यसका साथै, हटाइएका भिडियोहरूको ४५.५% गलत सूचनाका रूपमा फ्ल्याग गरिएका थिए र १३.८% भिडियोहरू एडिट गरिएका वा एआईले बनाइएको भनेर फ्ल्याग गरिएका कारण हटाइएका थिए।

टिकटकले कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा प्रकाशित गर्दै आएको छ जसले कन्टेन्ट र अकाउन्ट सम्बन्धी कारबाही बारे स्पष्ट जानकारी दिन्छ र यसले टिकटकको ट्रान्सपेरेन्सी पनि देखाउँछ।

२०२५ को पहिलो त्रैमासिक विस्तृत रिपोर्ट तथा टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिहरूबारे थप जानकारीका लागि टिकटकको ट्रान्सपेरेन्सी सेन्टरमा जान सकिन्छ।

टिकटकबारे
टिकटक छोटो आकारका मोबाइल भिडियोको अग्रणी गन्तव्य हो। हाम्रो उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र खुसी फैलाउनु हो।

टिकटकको मुख्य कार्यालय लस एन्जलस र सिंगापुरमा छ भने यसका अन्य कार्यालयहरू न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्