Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

२० श्रावण २०८२, सोमबार २१:१०

काठमाडौं। उच्च अदालत पाटनले व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंले दिएको थुनामा पठाउने अघिल्लो आदेश उल्ट्याउँदै उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

तीनकुने कुटपिट घटनामा अदालतले प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न भनेको छ। यस्तै, बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

बैंकिङ मुद्दामा प्रसाईंमाथि १८ करोड ४४ लाख रुपैयाँ बराबरको आर्थिक बिगो लागेको आरोप लगाइएको छ। अब उनी दुबै मुद्दामा धरौटी बुझाएर रिहा हुने कानुनी बाटो खुलेको छ।

प्रतिक्रिया दिनुहोस्