Trending
कुन प्रदेशमा कस्तो छ कक्षा १२ को नतिजा ?     |     हाइस दुर्घटना हुँदा नौ जना घाइते     |     कक्षा १२ को नतिजा सार्वजनिक     |     दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश     |     राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको छ : प्रभु साह     |     अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु     |     भब्य सेटमा ‘क्याप्टेन साब’को छायांकन     |     यी प्रदेशमा भारी वर्षाको पूर्वानुमान     |     आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक     |    
समाचार

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

२० श्रावण २०८२, सोमबार २१:१०

काठमाडौं। उच्च अदालत पाटनले व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंले दिएको थुनामा पठाउने अघिल्लो आदेश उल्ट्याउँदै उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

तीनकुने कुटपिट घटनामा अदालतले प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न भनेको छ। यस्तै, बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

बैंकिङ मुद्दामा प्रसाईंमाथि १८ करोड ४४ लाख रुपैयाँ बराबरको आर्थिक बिगो लागेको आरोप लगाइएको छ। अब उनी दुबै मुद्दामा धरौटी बुझाएर रिहा हुने कानुनी बाटो खुलेको छ।

प्रतिक्रिया दिनुहोस्