Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

हाइस दुर्घटना हुँदा नौ जना घाइते

२० श्रावण २०८२, सोमबार २२:२०

कञ्चनपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक यात्रुवाहक हाइस (भ्यान) दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

आज साँझ महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१०३२ च ३२४१ नम्बरको हाइस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भई सडक छेउमा पल्टिएको जनाइएको छ ।

घाइतेहरूको झलारीस्थित टी एन्ड सी अस्पतालमा उपचार भइरहेको र ती मध्ये एक जनाको अवस्था मध्यम रहेकापछि अन्य सामान्य रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्