Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई फोनपेले डिजिटल भुक्तानी सुविधा दिने

११ आश्विन २०८१, शुक्रबार ०९:३५

११ असोज,ललितपुर।  फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (ईपीएफ) बीच, एपीआई आधारित होस्ट-टु-होस्ट (एचटुएच) भुक्तानीको सुविधा प्रदान गर्ने साझेदारी भएको छ।

यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको एर्प (इ.आर.पी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ। यसो गर्दा, कर्पोरेट भुक्तानीहरु जस्तै, व्यवसायदेखि ग्राहक (B2C), व्यवसायदेखि व्यवसाय (B2B) र व्यवसायदेखि सरकार (B2G) सम्मको भुक्तानी सरल अनि सजिलो भएको छ ! साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्म मार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ।

यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ। यस रणनीतिक साझेदारीको फलस्वरुप, अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ, र ओम्नि च्यानल वेबसाइटहरू मार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्नेछन्।

आधुनिक डिजिटल भुक्तानी पूर्वाधार; जस्तै होस्ट-टु-होस्ट (एचटुएच) भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरुको साथ-साथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ

प्रतिक्रिया दिनुहोस्