Trending
“दृश्यमा नेपाल” अभियानअन्तर्गत “तिम्रो साथमा” भिडियोले कोशी पर्यटन वर्षलाई टेवा     |     भारतले जित्यो साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि     |     रोहितको शतकमा नेपालले साउथ अष्ट्रेलियामाथि दुई विकेटको जित     |     महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’     |     हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी     |     भिभो भि६० नेपालमा सार्वजनिक     |     मनाङ–२ मा उपनिर्वाचन मिति तय     |     सिंजा गाउँपालिकामा ताला लाग्दा कामकाज ठप्प     |     राप्ती राजमार्गमा अवरुद्ध पहिरो हटाइयो, यातायात सञ्चालनमा     |     नेपाललाई हराउँदै भारत साफ यु-१७ महिला च्याम्पियन     |    
समाचार

कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई फोनपेले डिजिटल भुक्तानी सुविधा दिने

११ आश्विन २०८१, शुक्रबार ०९:३५

११ असोज,ललितपुर।  फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (ईपीएफ) बीच, एपीआई आधारित होस्ट-टु-होस्ट (एचटुएच) भुक्तानीको सुविधा प्रदान गर्ने साझेदारी भएको छ।

यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको एर्प (इ.आर.पी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ। यसो गर्दा, कर्पोरेट भुक्तानीहरु जस्तै, व्यवसायदेखि ग्राहक (B2C), व्यवसायदेखि व्यवसाय (B2B) र व्यवसायदेखि सरकार (B2G) सम्मको भुक्तानी सरल अनि सजिलो भएको छ ! साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्म मार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ।

यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ। यस रणनीतिक साझेदारीको फलस्वरुप, अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ, र ओम्नि च्यानल वेबसाइटहरू मार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्नेछन्।

आधुनिक डिजिटल भुक्तानी पूर्वाधार; जस्तै होस्ट-टु-होस्ट (एचटुएच) भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरुको साथ-साथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ

प्रतिक्रिया दिनुहोस्