Trending
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |    
समाचार

कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

२२ श्रावण २०८२, बुधबार १७:०४

सुर्खेत। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले केही महत्वपूर्ण प्रशासनिक तथा नीति निर्माणसम्बन्धी निर्णयहरू पनि गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सरुवा गर्ने निर्णय भएको छ ।

त्यसैगरी, सर्वोच्च अदालतको २०८२ साल जेठ ७ गतेको परमादेशको कार्यान्वयनस्वरूप जाजरकोटको जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं ४ लुहादहमा तोक्न संघीय सरकारलाई सिफारिस गरिने निर्णय पनि बैठकले गरेको प्रवक्ता तथा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२’ लाई पनि स्वीकृत गरेको छ । साथै, प्रदेश सरकारका कार्यालयहरूमा सूचना अधिकारीको भूमिका र कार्यान्वयनको स्थिति मूल्याङ्कन गर्न ‘कर्णाली प्रदेश अनुगमन समिति’ गठन गर्ने निर्णय भएको छ ।

शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा गठन गरिने उक्त समितिले कार्यालयहरूमा सूचना प्रवाह, पारदर्शिता र जवाफदेहिताको स्थिति अनुगमन गर्नेछ ।

बैठकमा गरिएका निर्णयहरू प्रदेश प्रशासनिक दक्षता र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्