Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

अशोक अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दो प्रतियोगितामा निर्णायक बस्ने

२३ श्रावण २०८२, बिहीबार १५:३८

काठमाडौं। नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

उनले अस्ट्रेलियामा हुने विश्व वरीयता जी–३ डब्लुटी प्रेसिटेन्ड कप ओसिएना, डब्लुटी प्रेसिटेन्ड कपमा जी–३ को पारातर्फको प्रतिस्पर्धा, विश्व वरीयता जी–२ अस्ट्रेलियन ओपन र पारा अस्ट्रेलियन ओपनर गरी चार वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न लागेका हुन् ।

उनले प्रतियोगितामा पुम्से र ग्यारोगी गरी दुवै विधाको प्रतिस्पर्धाका खेल सञ्चालन गर्ने छन् । यी चार वटा प्रतियोगिता अगस्ट १४ देखि १७ सम्ममा अस्ट्रेलियाको गोल्डकोस्टस्थित कारा रंगशालामा हुँदैछन् । यी प्रतियोगितामा अशोक यसअघि पनि निर्णायक रहिसकेका छन् ।

अस्ट्रेलियामा तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्नुअघि उनले मलेसियामा हुने अर्को प्रतियोगितामा निर्णायक भएर काम गर्नेछन् । अगस्ट ९ र १० मा मलेसियाको क्वालालम्पुरमा हुने मलेसियन ओपन तेक्वान्दो प्रतियोगितामा उनी निर्णायकको भूमिकामा हुनेछन् ।

त्यसका लागि अशोक शुक्रबार मलेसिया जाँदैछन् । उनी मलेसियाबाटै अस्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका उनले चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्