Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

कैलाली कारागार कैदीको नियन्त्रणमा, झडपमा एकको मृत्यु र ४९ घाइते

२५ श्रावण २०८२, शनिबार १८:१३

कैलाली। कैलाली कारागार शुक्रबार मध्यरातिदेखि कैदीहरूको नियन्त्रणमा रहेको छ। कैदीहरूबीच भएको भीषण झडपमा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्।

मध्यरातिको घटनापछि सुरक्षा निकायका पदाधिकारीहरू कारागारभित्र प्रवेश गर्न सकेका छैनन्। कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी उपरीक्षक बालनसिंह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जितसहितको टोली अवस्था बुझ्न पुगे पनि कैदीहरूले भित्र पस्न दिएनन्।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कारागार सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिएको छ। तर, राष्ट्रिय मानव अधिकार आयोगको टोली समेत घटनास्थलसम्म पुग्न नसकेको जनाएको छ।

उक्त परिस्थितिबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई गृह मन्त्रालयमा बोलाएका छन्। गृह मन्त्रालयका अनुसार बैठकमा धनगढीस्थित कारागारको अवस्थाबारे मूल्याङ्कन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्