Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कैलाली कारागार कैदीको नियन्त्रणमा, झडपमा एकको मृत्यु र ४९ घाइते

२५ श्रावण २०८२, शनिबार १८:१३

कैलाली। कैलाली कारागार शुक्रबार मध्यरातिदेखि कैदीहरूको नियन्त्रणमा रहेको छ। कैदीहरूबीच भएको भीषण झडपमा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्।

मध्यरातिको घटनापछि सुरक्षा निकायका पदाधिकारीहरू कारागारभित्र प्रवेश गर्न सकेका छैनन्। कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी उपरीक्षक बालनसिंह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जितसहितको टोली अवस्था बुझ्न पुगे पनि कैदीहरूले भित्र पस्न दिएनन्।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कारागार सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिएको छ। तर, राष्ट्रिय मानव अधिकार आयोगको टोली समेत घटनास्थलसम्म पुग्न नसकेको जनाएको छ।

उक्त परिस्थितिबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई गृह मन्त्रालयमा बोलाएका छन्। गृह मन्त्रालयका अनुसार बैठकमा धनगढीस्थित कारागारको अवस्थाबारे मूल्याङ्कन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्