Trending
अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम     |     जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँचजना पक्राउ     |     अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित     |     कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित     |     मोदीसँग भेटपछि रवि लामिछानेले भनेः नेपाल–भारत सम्बन्ध विकास कूटनीतिमा केन्द्रित हुनुपर्छ     |     काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |     सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट     |     मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?     |    
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

२६ श्रावण २०८२, आईतवार ०६:३३

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ९६ पैसा र बिक्री दर १४० रुपियाँ ५६ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ ९४ पैसा र बिक्रीदर १६३ रुपियाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपियाँ ११ पैसा र बिक्रीदर १८८ रुपियाँ ९२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ २३ पैसा र बिक्रीदर १७३ रुपियाँ ९७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ३० पैसा र बिक्रीदर ९१ रुपियाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ९३ पैसा र बिक्रीदर १०२ रुपियाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ९४ पैसा र बिक्रीदर १०९ रुपियाँ ४० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ४८ पैसा र बिक्रीदर १९ रुपियाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २९ पैसा र बिक्रीदर ३७ रुपियाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४० पैसा र बिक्रीदर ३८ रुपियाँ ५६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३२ पैसा र बिक्रीदर चार रुपियाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ११ पैसा र बिक्रीदर ३८ रुपियाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ०१ पैसा र बिक्रीदर ३३ रुपियाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०६ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५८ पैसा र बिक्रीदर १४ रुपियाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८३ पैसा र बिक्रीदर २१ रुपियाँ ९२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८३ पैसा र बिक्रीदर १७ रुपियाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ ०४ पैसा र बिक्रीदर ४६० रुपियाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ २४ पैसा र बिक्रीदर ३७२ रुपियाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ५२ पैसा र बिक्रीदर ३६५ रुपियाँ ०८ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्