Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

२७ श्रावण २०८२, सोमबार १७:००

सुर्खेत। जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना भएको छ ।

दुर्घटनामा एम्बुलेन्सका चालक भेरी–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार भेरी–१  डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।

उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो । चालक चनाराको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्