Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बजेटमा व्यक्तिगत श्रेय लिने संस्कार अन्त्य गर्न मुख्यमन्त्रीको जोड

२८ श्रावण २०८२, मंगलवार २२:०२

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट मैले ल्याएको हो भन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।

सुर्खेतपश्चिममा पर्ने चौकुने गाउँपालिका–६ स्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले गाउँमा आउने विकास बजेटलाई मैले ल्याएको हो भनेर दाबी गर्ने बेथिति मौलाउँदै गएको बताए ।

गाउँमा आउने बजेट हामी सबै जनताकै करबाट आउने भएकाले कसैले व्यक्तिगत दाबी गर्न नहुने मुख्यमन्त्री कँडेलका भनाइ थियो । “सङ्घीय, प्रदेश, पालिका र वडाको बजेट हामी सबैले तिरेको करको हो । कसैको व्यक्तिगत सम्पति होइन,” उहाँले भन्नुभयो, “मैले ल्याएको हो, मेरो योजना हो भनेर कसैले दाबी गर्ने र जनताले पत्याउने स्थिति बन्नुहुँदैन ।”

उनका अनुसार योजना पार्ने समयमा सबै सक्रिय हुने तर योजना परेपछि बेवास्ता गर्नाले विकासको गतिमा कमी हुँदै आएको आएको छ । हाम्रो लागि आएको योजना हो भनेर बुझ्न सके नागरिकका निम्ति कार्यान्वयन भएका सबै आयोजना पनि दिगो हुने उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले सोही क्षेत्रको निर्माणाधीन लखरपाटा खम्बागाडे मुरमुरी जामु सुनकाँडा सडकको निरीक्षण गरेका थिए । उनले समयमै सडक निर्माणकार्य पूरा गर्न सम्बन्धित निर्माण व्यवसायीलाई र सडक निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीयलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्