Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

१२ आश्विन २०८१, शनिबार ०३:२८

१२ असोज, सुनसरी। निरन्तर वर्षा भएसँगै सप्तकोशी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानीको बहाव निरन्तर उच्च भएको छ । शनिबार बिहान ७ बजे ३ लाख ८१ हजार ८१० क्युसेक पानी रहेकोमा करिब १ घण्टाको  अवधिमा ४ लाख १८ हजार २८५ क्युसेक पुगेको हो ।

बेसिन क्षेत्रमा अत्यधिक वर्षा भएको भन्दै बिहार राज्यको जल संशाधन विभागले शुक्रबार पूर्व चेतावनी जारी गरेको थियो । निरन्तरको वर्षाले कोशी क्षेत्रमा सात लाख क्युसेक प्रतिसेकेन्डसम्म पानी पुग्न सक्ने चेतावनी जारी दिइएको हो ।

सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्