Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

१२ आश्विन २०८१, शनिबार ०३:२८

१२ असोज, सुनसरी। निरन्तर वर्षा भएसँगै सप्तकोशी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानीको बहाव निरन्तर उच्च भएको छ । शनिबार बिहान ७ बजे ३ लाख ८१ हजार ८१० क्युसेक पानी रहेकोमा करिब १ घण्टाको  अवधिमा ४ लाख १८ हजार २८५ क्युसेक पुगेको हो ।

बेसिन क्षेत्रमा अत्यधिक वर्षा भएको भन्दै बिहार राज्यको जल संशाधन विभागले शुक्रबार पूर्व चेतावनी जारी गरेको थियो । निरन्तरको वर्षाले कोशी क्षेत्रमा सात लाख क्युसेक प्रतिसेकेन्डसम्म पानी पुग्न सक्ने चेतावनी जारी दिइएको हो ।

सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्