Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

रुपन्देही–३ उपनिर्वाचन : एमालेको उम्मेदवार टुंग्याउने जिम्मा पदाधिकारीलाई

२८ श्रावण २०८२, मंगलवार २२:१५

रुपन्देही। नेकपा एमाले रुपन्देहीले क्षेत्र नं ३ को उपनिर्वाचनका लागि उम्मेदवार चयनको जिम्मेवारी जिल्ला पदाधिकारीलाई दिएको छ।

यसअघि निर्वाचन क्षेत्र नं ३ को बैठकले चार आकांक्षीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो। मंगलबार बुटवलमा बसेको जिल्ला सचिवालय बैठकले तीमध्येबाट उम्मेदवार टुंग्याउन पदाधिकारीलाई अख्तियारी दिएको प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलले जानकारी दिए। पदाधिकारीले छनोट गरेको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरिनेछ।

क्षेत्रीय कमिटीले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, सिद्धार्थनगरका पूर्व नगरप्रमुख हरि अधिकारी, यज्ञ जित शाह र शशि पौडेललाई सिफारिस गरेको हो। पार्टीभित्र सर्वसम्मत उम्मेदवारको टुंगो लगाउन छलफल चलिरहेको नेताहरूले जनाएका छन्।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए। उनको निधनपछि कात्तिक १७ गते उपनिर्वाचन हुने तय भएको हो। अघिल्लो निर्वाचनमा एमालेले राप्रपालाई समर्थन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्