Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रुपन्देही–३ उपनिर्वाचन : एमालेको उम्मेदवार टुंग्याउने जिम्मा पदाधिकारीलाई

२८ श्रावण २०८२, मंगलवार २२:१५

रुपन्देही। नेकपा एमाले रुपन्देहीले क्षेत्र नं ३ को उपनिर्वाचनका लागि उम्मेदवार चयनको जिम्मेवारी जिल्ला पदाधिकारीलाई दिएको छ।

यसअघि निर्वाचन क्षेत्र नं ३ को बैठकले चार आकांक्षीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो। मंगलबार बुटवलमा बसेको जिल्ला सचिवालय बैठकले तीमध्येबाट उम्मेदवार टुंग्याउन पदाधिकारीलाई अख्तियारी दिएको प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलले जानकारी दिए। पदाधिकारीले छनोट गरेको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरिनेछ।

क्षेत्रीय कमिटीले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, सिद्धार्थनगरका पूर्व नगरप्रमुख हरि अधिकारी, यज्ञ जित शाह र शशि पौडेललाई सिफारिस गरेको हो। पार्टीभित्र सर्वसम्मत उम्मेदवारको टुंगो लगाउन छलफल चलिरहेको नेताहरूले जनाएका छन्।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए। उनको निधनपछि कात्तिक १७ गते उपनिर्वाचन हुने तय भएको हो। अघिल्लो निर्वाचनमा एमालेले राप्रपालाई समर्थन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्