Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

कांग्रेस–एमालेलाई हराएर सन्देश दिन लिङ्देनको आग्रह

२८ श्रावण २०८२, मंगलवार २२:१८

रुपन्देही। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनलाई ‘मिनी जनमत संग्रह’को रूपमा लिँदै प्रतिपक्षी शक्तिहरू मजबुत हुनुपर्ने बताएका छन्।

मंगलबार भैरहवामा आयोजित कार्यकर्ता भेलामा उनले कांग्रेस र एमालेले तीन दशक सत्तामा रहे पनि मुलुकको भलाइ गर्न नसकेर भ्रष्टाचार फैलाएको आरोप लगाए। लिङ्देनले यी दलका मतदातालाई आफ्नै नेतालाई सुधारको सन्देश दिन उपनिर्वाचनमा हराउन आग्रह गरे।

उनले विगतमा एमालेसँग भएको सहकार्य सम्झाउँदै यसपटक पनि सहयोगको अपेक्षा व्यक्त गरे। साथै, संघीयता खारेज, प्रदेश सरकार हटाउने, स्थानीय तह घटाउने र भ्रष्टाचार नियन्त्रणका लागि व्यवस्थागत सुधार आवश्यक रहेको बताए।

राप्रपाबाट उम्मेदवारका लागि स्व. दीपक बोहोराका दुई छोरा, एक नातिनीसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्