Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कांग्रेस–एमालेलाई हराएर सन्देश दिन लिङ्देनको आग्रह

२८ श्रावण २०८२, मंगलवार २२:१८

रुपन्देही। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनलाई ‘मिनी जनमत संग्रह’को रूपमा लिँदै प्रतिपक्षी शक्तिहरू मजबुत हुनुपर्ने बताएका छन्।

मंगलबार भैरहवामा आयोजित कार्यकर्ता भेलामा उनले कांग्रेस र एमालेले तीन दशक सत्तामा रहे पनि मुलुकको भलाइ गर्न नसकेर भ्रष्टाचार फैलाएको आरोप लगाए। लिङ्देनले यी दलका मतदातालाई आफ्नै नेतालाई सुधारको सन्देश दिन उपनिर्वाचनमा हराउन आग्रह गरे।

उनले विगतमा एमालेसँग भएको सहकार्य सम्झाउँदै यसपटक पनि सहयोगको अपेक्षा व्यक्त गरे। साथै, संघीयता खारेज, प्रदेश सरकार हटाउने, स्थानीय तह घटाउने र भ्रष्टाचार नियन्त्रणका लागि व्यवस्थागत सुधार आवश्यक रहेको बताए।

राप्रपाबाट उम्मेदवारका लागि स्व. दीपक बोहोराका दुई छोरा, एक नातिनीसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्