Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रुपन्देही–३ उपनिर्वाचन केन्द्रित रास्वपाको तीन दिने प्रशिक्षण

२८ श्रावण २०८२, मंगलवार २२:२४

रुपन्देही। रुपन्देही–३ को उपनिर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशले भैरहवामा तीन दिने प्रशिक्षण कार्यक्रम गर्न लागेको छ।

रास्वपा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन २९, ३० र ३१ गते हुने कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिनेछन्। प्रदेश सभापति देवराज पाठकका अनुसार कार्यवाहक सभापति डिपी आचार्य, उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठलगायतले पार्टी सबलीकरण, उपनिर्वाचन रणनीति र सदस्य वृद्धिबारे प्रशिक्षण दिने छन्।

कार्यक्रममा प्रदेश समिति, सल्लाहकार, जिल्ला र क्षेत्रीय पदाधिकारी, प्रदेश विभागका सदस्यलगायतको सहभागिता रहनेछ। पहिलो दिन (२९ गते) सबै जिल्लाका सभापतिहरुको बन्द शिविर हुनेछ भने ३० र ३१ गते पालिका पदाधिकारी तथा प्रदेश कमिटी सदस्यहरूबीच प्रशिक्षण हुनेछ।

यसअघि रास्वपाले रुपन्देहीमै संसदीय दलको बैठक गरी उपनिर्वाचन तयारीबारे छलफल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्