Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

रुपन्देही–३ उपनिर्वाचन केन्द्रित रास्वपाको तीन दिने प्रशिक्षण

२८ श्रावण २०८२, मंगलवार २२:२४

रुपन्देही। रुपन्देही–३ को उपनिर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशले भैरहवामा तीन दिने प्रशिक्षण कार्यक्रम गर्न लागेको छ।

रास्वपा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन २९, ३० र ३१ गते हुने कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिनेछन्। प्रदेश सभापति देवराज पाठकका अनुसार कार्यवाहक सभापति डिपी आचार्य, उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठलगायतले पार्टी सबलीकरण, उपनिर्वाचन रणनीति र सदस्य वृद्धिबारे प्रशिक्षण दिने छन्।

कार्यक्रममा प्रदेश समिति, सल्लाहकार, जिल्ला र क्षेत्रीय पदाधिकारी, प्रदेश विभागका सदस्यलगायतको सहभागिता रहनेछ। पहिलो दिन (२९ गते) सबै जिल्लाका सभापतिहरुको बन्द शिविर हुनेछ भने ३० र ३१ गते पालिका पदाधिकारी तथा प्रदेश कमिटी सदस्यहरूबीच प्रशिक्षण हुनेछ।

यसअघि रास्वपाले रुपन्देहीमै संसदीय दलको बैठक गरी उपनिर्वाचन तयारीबारे छलफल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्