Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

यी भूभागमा मध्यमदेखि धेरै ठूलो वर्षाको सम्भावना

२९ श्रावण २०८२, बुधबार १०:२६

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।

आज दिउँसो देशभर पूर्णतया बदली रहने छ । देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा पूर्णतया बदली रही बाँकी भूभागमा साधारणतया बदली रहने छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका धेरै स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा लुम्बिनी प्रदेशको तराईको भूभागको थोरै स्थान, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्कत रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्