Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

२९ श्रावण २०८२, बुधबार १०:२७

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ०५ पैसा र बिक्रीदर १४० रुपियाँ ६५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ ५४ पैसा र बिक्रीदर १६३ रुपियाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपियाँ ४० पैसा र बिक्रीदर १८९ रुपियाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपियाँ ६१ पैसा र बिक्रीदर १७३ रुपियाँ ३५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ८३ पैसा र बिक्रीदर ९१ रुपियाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ४८ पैसा र बिक्रीदर १०१ रुपियाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ८७ पैसा र बिक्रीदर १०९ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ४८ पैसा र बिक्रीदर १९ रुपियाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ३२ पैसा र बिक्रीदर ३७ रुपियाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४३ पैसा र बिक्रीदर ३८ रुपियाँ ५९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३१ पैसा र बिक्रीदर चार रुपियाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १३ पैसा र बिक्रीदर ३८ रुपियाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ १० पैसा र बिक्रीदर ३३ रुपियाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५२ पैसा र बिक्रीदर १४ रुपियाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७८ पैसा र बिक्रीदर २१ रुपियाँ ८७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८४ पैसा र बिक्रीदर १७ रुपियाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ ०८ पैसा र बिक्रीदर ४६० रुपियाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७३ रुपियाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ७६ पैसा र बिक्रीदर ३६५ रुपियाँ ३२ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्