Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कर्णालीबाट युरोप निर्यात हुँदै छ उच्च गुणस्तरीय अदुवा र बेसार

२९ श्रावण २०८२, बुधबार ११:३३

सुर्खेत। आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेशबाट ३६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात गरिएको छ।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार, सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतका पूर्वी क्षेत्रमा उत्पादित उच्च गुणस्तरीय अदुवा र बेसार ‘द अग्र्यानिक भ्याली’ कम्पनीले सङ्कलन गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरणपछि जर्मनीलगायत युरोपेली देशहरूमा निर्यात गरिरहेको छ।

उक्त कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ, र सिस्नुको धुलो जस्ता अन्य अग्र्यानिक उत्पादनहरू पनि प्रमाणीकरण गरी विदेशमा निर्यात गरिरहेको छ।

मन्त्रालयका अनुसार, प्रदेश स्थापनाकालदेखि हालसम्म कृषि क्षेत्रमा १८ अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ, जस मध्ये १४ अर्ब रुपैयाँ लगानी भइसकेको छ।

आर्थिक वर्ष २०७८/७९ मा ७४७ वटा साना सिँचाइ योजना निर्माण र मर्मतसम्भार गरिएको छ। साथै, १९ हेक्टरमा चार हजार ४४ वटा स्याउका बिरुवा, २५ हेक्टरमा दुई हजार ८२४ ओखरका बिरुवा रोपिएको छ।

खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत १० हजार स्याउ, एक हजार ९५० ओखर, तीन हजार २७० सुन्तला र दुई हजार लिचीका बिरुवा रोपिएको जनाएको छ।

त्यसैगरी उन्नत जातका २१ क्विन्टल धान र २१.२९ मेट्रिक टन सागसब्जीका बीउ पनि प्रमाणित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्