Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

कर्णालीबाट युरोप निर्यात हुँदै छ उच्च गुणस्तरीय अदुवा र बेसार

२९ श्रावण २०८२, बुधबार ११:३३

सुर्खेत। आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेशबाट ३६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात गरिएको छ।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार, सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतका पूर्वी क्षेत्रमा उत्पादित उच्च गुणस्तरीय अदुवा र बेसार ‘द अग्र्यानिक भ्याली’ कम्पनीले सङ्कलन गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरणपछि जर्मनीलगायत युरोपेली देशहरूमा निर्यात गरिरहेको छ।

उक्त कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ, र सिस्नुको धुलो जस्ता अन्य अग्र्यानिक उत्पादनहरू पनि प्रमाणीकरण गरी विदेशमा निर्यात गरिरहेको छ।

मन्त्रालयका अनुसार, प्रदेश स्थापनाकालदेखि हालसम्म कृषि क्षेत्रमा १८ अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ, जस मध्ये १४ अर्ब रुपैयाँ लगानी भइसकेको छ।

आर्थिक वर्ष २०७८/७९ मा ७४७ वटा साना सिँचाइ योजना निर्माण र मर्मतसम्भार गरिएको छ। साथै, १९ हेक्टरमा चार हजार ४४ वटा स्याउका बिरुवा, २५ हेक्टरमा दुई हजार ८२४ ओखरका बिरुवा रोपिएको छ।

खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत १० हजार स्याउ, एक हजार ९५० ओखर, तीन हजार २७० सुन्तला र दुई हजार लिचीका बिरुवा रोपिएको जनाएको छ।

त्यसैगरी उन्नत जातका २१ क्विन्टल धान र २१.२९ मेट्रिक टन सागसब्जीका बीउ पनि प्रमाणित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्