Trending
अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित     |     कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित     |     मोदीसँग भेटपछि रवि लामिछानेले भनेः नेपाल–भारत सम्बन्ध विकास कूटनीतिमा केन्द्रित हुनुपर्छ     |     काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |     सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट     |     मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण     |    
समाचार

क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ

३० श्रावण २०८२, बिहीबार १५:०५

काठमाडौँ। नेपालमा सौन्दर्य, व्यक्तिगत स्याहार र घरेलु ब्रान्डको विश्वासिलो अगुवा युनिलिभर नेपालले आज लाखौँ फुटबल प्रेमीलाई इङ्लिस प्रिमियर लिग (इपिएल) सामु नजिक ल्याउने रोमाञ्चक सहकार्यको घोषणा गरेको छ ।

यो साझेदारी युनिलिभरको विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग विश्वस्तरीय अनुभवमार्फत अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिबिम्ब हो ।

युनिलिभरले विश्वभर फुटबलसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ । यसको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहने छ, जसमा सन् २०२६ को फिफा वल्र्ड कप समेत समावेश छ। साथै, यसले युएफा युरोपियन च्याम्पियनसिप २०२४ र आउँदो युएफा युरोपियन विमेन्स च्याम्पियनसिप २०२५ जस्ता ठुला प्रतियोगिताहरूमा पनि सक्रिय भूमिका खेलेको छ।

यस्ता सहकार्यहरूले खेलकुदको शक्ति समुदायलाई एकताबद्ध गर्न र आत्मविश्वास जगाउन महत्वपूर्ण भूमिका खेल्छ भन्ने युनिलिभरको विश्वासलाई प्रतिबिम्बित गर्दछ ।

यस सहकार्यको केन्द्रमा युनिलिभरको प्रमुख हेयर केयर ब्रान्ड क्लियर रहनेछ । फुटबल जगतका आइकन क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत क्लियरले विश्वव्यापी रूपमा आत्मविश्वास र प्रदर्शनको सन्देश फैलाउँदै आएको छ । इपीएलसँगको यो साझेदारीमार्फत अब नेपाली दर्शकले पनि क्लियरको शक्तिलाई कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्ममा प्रत्यक्ष महसुस गर्न सक्नेछन् ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले भने, ‘फुटबल केवल एक खेल मात्र नभई एक साझा भावना हो, जसले सीमाना नाघेर मानिसलाई जोड्छ । कान्तिपुर म्याक्ससँगको यस सहकार्यमार्फत हामी नेपाली दर्शकका लागि इङ्लिस प्रिमियर लिगको रोमाञ्च ल्याउन पाउँदा गर्व गर्छौं।

यससँगै, आत्मविश्वास र प्रदर्शनप्रतिको क्लियरको प्रतिबद्धता पनि थप प्रस्ट हुन्छ। देशभर १० मध्ये ८ घरधुरीमा युनिलिभर नेपालका उत्पादनहरू रहेका छन्, र हामी फुटबलप्रेमीहरूको यो जोशलाई साथ दिन इपिएल हेर्न सकिने समर्पित प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै खुशी छौं ।’

कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वरले भने, ‘युनिलिभर नेपाल र क्लियरसँग मिलेर हामी नेपाली दर्शकहरूका लागि विश्व स्तरीय फुटबल मनोरञ्जन ल्याउन पाउँदा उत्साहित छौँ। यो साझेदारी हाम्रो उच्चस्तरीय कन्टेन्ट उत्पादनप्रतिको प्रतिबद्धता र खेल प्रेमी दर्शकका लागि अविस्मरणीय अनुभव सिर्जना गर्ने उद्देश्यको प्रमाण हो ।’

प्रतिक्रिया दिनुहोस्