Trending
इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+     |     स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प     |     क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ     |     बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?     |     सरकारले एकैपटक ७२ सहसचिवको सरुवा     |     ब्लु डायमण्डमाथि मानवबेचबिखनको समेत आरोप, प्रशासनले अनुगमन गर्ने     |     एक कारुणिक कथामा ‘बरबरी आँसु’ गीत सार्वजनिक     |     आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने     |     बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     कर्णालीबाट युरोप निर्यात हुँदै छ उच्च गुणस्तरीय अदुवा र बेसार     |    
समाचार

क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ

३० श्रावण २०८२, बिहीबार १५:०५

काठमाडौँ। नेपालमा सौन्दर्य, व्यक्तिगत स्याहार र घरेलु ब्रान्डको विश्वासिलो अगुवा युनिलिभर नेपालले आज लाखौँ फुटबल प्रेमीलाई इङ्लिस प्रिमियर लिग (इपिएल) सामु नजिक ल्याउने रोमाञ्चक सहकार्यको घोषणा गरेको छ ।

यो साझेदारी युनिलिभरको विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग विश्वस्तरीय अनुभवमार्फत अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिबिम्ब हो ।

युनिलिभरले विश्वभर फुटबलसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ । यसको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहने छ, जसमा सन् २०२६ को फिफा वल्र्ड कप समेत समावेश छ। साथै, यसले युएफा युरोपियन च्याम्पियनसिप २०२४ र आउँदो युएफा युरोपियन विमेन्स च्याम्पियनसिप २०२५ जस्ता ठुला प्रतियोगिताहरूमा पनि सक्रिय भूमिका खेलेको छ।

यस्ता सहकार्यहरूले खेलकुदको शक्ति समुदायलाई एकताबद्ध गर्न र आत्मविश्वास जगाउन महत्वपूर्ण भूमिका खेल्छ भन्ने युनिलिभरको विश्वासलाई प्रतिबिम्बित गर्दछ ।

यस सहकार्यको केन्द्रमा युनिलिभरको प्रमुख हेयर केयर ब्रान्ड क्लियर रहनेछ । फुटबल जगतका आइकन क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत क्लियरले विश्वव्यापी रूपमा आत्मविश्वास र प्रदर्शनको सन्देश फैलाउँदै आएको छ । इपीएलसँगको यो साझेदारीमार्फत अब नेपाली दर्शकले पनि क्लियरको शक्तिलाई कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्ममा प्रत्यक्ष महसुस गर्न सक्नेछन् ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले भने, ‘फुटबल केवल एक खेल मात्र नभई एक साझा भावना हो, जसले सीमाना नाघेर मानिसलाई जोड्छ । कान्तिपुर म्याक्ससँगको यस सहकार्यमार्फत हामी नेपाली दर्शकका लागि इङ्लिस प्रिमियर लिगको रोमाञ्च ल्याउन पाउँदा गर्व गर्छौं।

यससँगै, आत्मविश्वास र प्रदर्शनप्रतिको क्लियरको प्रतिबद्धता पनि थप प्रस्ट हुन्छ। देशभर १० मध्ये ८ घरधुरीमा युनिलिभर नेपालका उत्पादनहरू रहेका छन्, र हामी फुटबलप्रेमीहरूको यो जोशलाई साथ दिन इपिएल हेर्न सकिने समर्पित प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै खुशी छौं ।’

कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वरले भने, ‘युनिलिभर नेपाल र क्लियरसँग मिलेर हामी नेपाली दर्शकहरूका लागि विश्व स्तरीय फुटबल मनोरञ्जन ल्याउन पाउँदा उत्साहित छौँ। यो साझेदारी हाम्रो उच्चस्तरीय कन्टेन्ट उत्पादनप्रतिको प्रतिबद्धता र खेल प्रेमी दर्शकका लागि अविस्मरणीय अनुभव सिर्जना गर्ने उद्देश्यको प्रमाण हो ।’

प्रतिक्रिया दिनुहोस्